२०८३ साउन १२ गते मङ्गलबार

नाइमा अटो शोमा नीति संवाददेखि ब्याट्री रिसाइक्लिङसम्म विशेष छलफल हुने : ऋतु सिंह वैद्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ५
New Project – 2026-07-21T103235.455

काठमाडौँ: नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन २६ देखि ३१ गतेसम्म (अगस्ट ११ देखि १६) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा अटो शो–२०२६ को तयारी तीव्र गतिमा अघि बढाएको जनाएको छ।

नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले यस वर्षको अटो शोमा ५५ वटा अटोमोबाइल ब्रान्ड र ५२ वटा स्टल रहने जानकारी दिँदै तयारीका लागि कार्यालयमा अतिरिक्त जनशक्ति परिचालन गरिएको बताइन्।

उनले नाइमा अटो शोलाई केवल सवारीसाधन बिक्री गर्ने मञ्चका रूपमा नभई नीति निर्माण, पूर्वाधार विकास र अटोमोबाइल उद्योगसँग सम्बन्धित विषयमा बहस गर्ने साझा प्लेटफर्मका रूपमा विकास गरिएको बताइन्।

उनका अनुसार अटो शोको प्रमुख आकर्षण ‘लर्निङ सेसन’ हुनेछ। उक्त सत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई), यातायात पूर्वाधार, ट्राफिक व्यवस्थापन, ब्याट्री रिसाइक्लिङ, इथानोल ब्लेन्डिङ र वित्तीय नीतिलगायत विषयमा स्वदेशी तथा विदेशी विज्ञहरूले प्रस्तुति दिनेछन्।

वैद्यका अनुसार भारतबाट ब्याट्री रिसाइक्लिङ र इथानोल मिश्रणसम्बन्धी विशेषज्ञहरूलाई समेत आमन्त्रण गरिएको छ। नेपालमा विद्युतीय सवारीसाधनको संख्या तीव्र रूपमा बढिरहेको भए पनि ब्याट्री रिसाइक्लिङ प्लान्ट नहुँदा यस क्षेत्रमा तत्काल नीति र पूर्वाधार विकास आवश्यक रहेको उनको भनाइ छ।

अटो शोलाई यस वर्ष थप व्यवस्थित बनाउन अपाङ्गमैत्री संरचना, वर्षाबाट सुरक्षित हुने व्यवस्था, स्तरीय रेस्टुरेन्ट तथा पर्याप्त पार्किङको व्यवस्था गरिएको उनले जानकारी दिइन्। पार्किङको व्यवस्था नेपाल पुलिस क्लबमा गरिनेछ भने लर्निङ सेसन पनि त्यहीँ आयोजना हुनेछ।

वैद्यले दसैं–तिहारअघि आयोजना हुने अटो शोले सवारीसाधनको बिक्री बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताइन्। उनले नाइमाको भूमिका व्यापारमा मात्र सीमित नरहेको स्पष्ट पार्दै संस्थाले ट्राफिक प्रहरीसँग समन्वय गरी हालसम्म करिब १ हजार ६ सय जनालाई विद्युतीय तथा हाइब्रिड सवारीसाधन सञ्चालनसम्बन्धी तालिम प्रदान गरिसकेको जानकारी दिइन्।

साथै, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी तथा विभिन्न सरकारी निकायसँग सहकार्य गर्दै पूर्वाधार सुधार र सेवा प्रवाहमा समेत योगदान दिँदै आएको उनले बताइन्।

सरकारी नीतिका सम्बन्धमा बोल्दै उनले विद्युतीय सवारीसाधनमा कर निर्धारण गर्दा ‘पिक पावर’लाई आधार बनाउने व्यवस्था व्यवहारिक नभएको टिप्पणी गरिन्। पिक पावर सवारीसाधनको टर्क तथा प्राविधिक सेटिङअनुसार परिवर्तन गर्न सकिने भएकाले यसलाई कर निर्धारणको आधार बनाउँदा मूल्य र करका विषयमा अन्योल सिर्जना हुने उनको भनाइ छ।

विशेषगरी एउटा कर स्ल्याबबाट अर्को स्ल्याबमा पुग्ने अवस्थामा सानो मूल्य परिवर्तनले समेत करभारमा ठूलो वृद्धि हुन सक्ने भएकाले यस विषयमा पुनर्विचार आवश्यक रहेको उनले बताइन्।

ट्राफिक व्यवस्थापनबारे उनले सडकमा लेन मार्किङ, पार्किङ क्षेत्र तथा आवश्यक पूर्वाधार निर्माण नगरी जरिवाना बढाउनु उचित नहुने धारणा राखिन्।

सिटबेल्ट नलगाउने तथा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनेजस्ता स्पष्ट उल्लङ्घनमा कडाइ गर्नुपर्ने भए पनि पूर्वाधार अभावका कारण उत्पन्न हुने समस्याको समाधानलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव थियो।

वैद्यले नाइमाको सदस्य बन्न न्यूनतम पुँजी, निश्चित अवधिसम्म व्यवसाय सञ्चालन गरेको तथा सम्बन्धित उत्पादक कम्पनीबाट आधिकारिक मान्यता प्राप्त गरेको हुनुपर्ने व्यवस्था रहेको जानकारी दिइन्। यस व्यवस्थाले ग्राहकको हित र विश्वास सुरक्षित गर्न सहयोग पुग्ने उनको भनाइ छ।

आगामी वर्षदेखि यात्रुवाहक र व्यावसायिक सवारीसाधनको प्रदर्शनी छुट्टाछुट्टै आयोजना गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिइन्। यससँगै अटोमोबाइल उद्योगका नीति, लगानी र प्रविधिसम्बन्धी विषयमा छुट्टै ‘अटोमोटिभ कन्क्लेभ’ आयोजना गर्ने योजना रहेको उनले बताइन्।

अर्थतन्त्रमा देखिएको सुस्तताप्रति चिन्ता व्यक्त गर्दै वैद्यले नयाँ सरकारले केही समय आधारभूत व्यवस्था मिलाउनुपर्ने भएकाले उद्योगी–व्यवसायीले केही धैर्यता राख्नुपर्ने धारणा राखिन्। यद्यपि, आगामी ६ देखि ८ महिनाभित्र सकारात्मक नीतिगत सुधार देखिनुपर्ने अपेक्षा उनले व्यक्त गरिन्।

उनले सर्वसाधारणलाई परिवारसहित अटो शोमा सहभागी हुन आग्रह गर्दै ५५ ब्रान्डका नयाँ सवारीसाधन, चार्जिङ समाधान, लर्निङ सेसन तथा अन्य आकर्षणको अवलोकन गर्न निमन्त्रणा दिइन्। उनका अनुसार सबै लर्निङ सेसन निःशुल्क हुनेछन् र सहभागीले आफ्ना सुझाव तथा धारणा राख्न सक्ने व्यवस्था गरिएको छ।

प्रकाशित: २०८३ साउन ५ गते मङ्गलबार १०:३३
प्रतिक्रिया

थप समाचार

यामाहा एक्सएसआर १५५ को बुकिङ खुला, मूल्य कति पर्ला?

काठमाडौं : रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजनमा तयार गरिएको यामाहाको नयाँ एक्सएसआर १५५ मोटरसाइकल नेपाल भित्रिने भएको छ। यसको अग्रिम बुकिङ खुला गरिएको छ। नेपालका लागि यामाहाको आधिकारिक...

नेपालमा सार्वजनिक भयो म्याक्सस ईटेरोन, पहिलो ५० ग्राहकले ८८ लाखमै किन्न पाउने

काठमाडौँ: नेपालमा म्याक्सस सवारीसाधनको आधिकारिक बिक्रेता हिमालय मोट्रोक्स प्रालिले नयाँ विद्युतीय पिकअप म्याक्सस ईटेरोन ९ कम्फोर्ट सार्वजनिक गरेको छ। कम्पनीले यो मोडल पहिलो ५० जना ग्राहकका...

सवारी चालक अनुमतिपत्रको छपाइ तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै

मकवानपुर: बागमती प्रदेश सरकारले यातयात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम अघि बढाएको छ। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा यातायात सेवालाई व्यवस्थित एवं प्रभावकारी...

प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

काठमाडौँ: प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा सार्वजनिक भएको छ। यो मलेसियन कार ब्रान्ड हो। नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले एक कार्यक्रमबीच ई मास फाइभ प्राइम...

विद्युतीय बस किन्न बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं। सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने भएको छ। नेपाल राष्ट्र बैंकले एकीकृत...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।
krishna_rimal
विचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना