२०८३ साउन ११ गते सोमबार

विद्युत् व्यापारमा नेपालको ऐतिहासिक उपलब्धि, निर्यातबाट २९ अर्ब आम्दानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ७
Bijuli_export

काठमाडौँ: नेपालले विद्युत् व्यापारमा पहिलो पटक उल्लेखनीय व्यापार बचत हासिल गर्दै ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को क्रस–बोर्डर विद्युत् आयात–निर्यात तथ्यांकअनुसार भारत र बंगलादेशसँगको विद्युत् व्यापारबाट नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत (नेट ट्रेड सरप्लस) गरेको छ।

यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३१३ प्रतिशत बढी हो। आर्थिक वर्ष २०८१/८२ मा विद्युत् व्यापारबाट नेपालको खुद बचत चार अर्ब ५३ करोड ५७ लाख रुपैयाँ रहेको थियो।

तथ्यांकअनुसार समीक्षा वर्ष २०८२/८३ मा नेपालले भारत तथा बंगलादेशतर्फ तीन अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गरेको छ। यसबाट कुल २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षमा नेपालले दुई अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो। एक वर्षमै निर्यात परिमाण ६२.८९ प्रतिशतले बढ्दै आम्दानी पनि करिब १२ अर्ब रुपैयाँले वृद्धि भएको हो। प्राधिकरणका अनुसार भारतीय ऊर्जा विनिमय बजार तथा बंगलादेशसँगको त्रिपक्षीय विद्युत् व्यापारमार्फत औसत ७ रुपैयाँ ५६ पैसा प्रतियुनिटका दरले विद्युत् बिक्री गरिएको थियो।

यसैबीच, नेपालले बाह्य स्रोतबाट गर्ने विद्युत् आयातमा उल्लेख्य कटौती गर्न सफल भएको छ। आर्थिक वर्ष २०८२/८३ मा एक अर्ब १४ करोड ९८ लाख युनिट विद्युत् आयात गरिएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३१.५७ प्रतिशत कम हो।

आयात खर्च पनि घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा एक अर्ब ६८ करोड चार लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो। यस आधारमा आयात खर्च १८.२९ प्रतिशतले घटेको देखिन्छ।

निर्यात आम्दानीमा तीव्र वृद्धि र आयात खर्चमा कमी आउँदा विद्युत् व्यापार नेपालको लागि उच्च प्रतिफल दिने क्षेत्रका रूपमा स्थापित हुँदै गएको देखिएको छ। समीक्षा वर्षमा निर्यातबाट भएको २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानीबाट आयात खर्च कटाउँदा १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद बचत भएको हो।

ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार जलविद्युत् उत्पादनमा भएको तीव्र वृद्धि, सीमापार प्रसारण पूर्वाधारको विस्तार, भारतको खुला बजारमा पहुँच विस्तार, बंगलादेशसँग सुरु भएको विद्युत् व्यापार तथा माग–आपूर्ति व्यवस्थापनमा आएको सुधारले नेपालको विद्युत् व्यापारलाई नाफामुखी बनाएको हो।

नेपालको वर्षायाममा बढ्दो विद्युत् उत्पादनलाई निर्यातमार्फत बजार उपलब्ध गराउन सफल भएपछि विद्युत् क्षेत्र अब केवल आन्तरिक आपूर्ति व्यवस्थापनमा सीमित नभई विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्रका रूपमा समेत स्थापित हुन थालेको संकेत यो तथ्यांकले दिएको छ।

आगामी वर्षहरूमा थप जलविद्युत् आयोजना सञ्चालनमा आउने र अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार हुने क्रम जारी रहेमा नेपालको विद्युत् निर्यात र व्यापार बचत अझै बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ साउन ७ गते बिहिबार १०:२८
प्रतिक्रिया

थप समाचार

डीडीसीको नयाँ आउटलेट वसन्तपुर डबलीमा सञ्चालनमा

काठमाडौँ: दुग्ध विकास संस्थान (डीडीसी) ले काठमाडौंको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। उक्त आउटलेटको उद्घाटन डीडीसीका महाप्रबन्धक डा. शरणकुमार...

प्राधिकरणले माग्यो मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयको राय

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार १ गतेदेखि ३२ गतेसम्मको विद्युत् खपतमा मूल्य अभिवृद्धि कर लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ। प्राधिकरणका...

डीडीसीको वार्षिक कारोबार चार अर्ब नाघ्यो, बालेनको भूमिकाको तारिफ

काठमाडौँ: दुग्ध विकास संस्थान (डीडीसी) ले आर्थिक वर्ष २०८२/८३ मा करिब चार अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै करिब ६ करोड लिटर दूध प्रशोधन तथा बजारीकरण गरेको जनाएको छ । संस्थानले गत वर्ष दूधको...

करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री वाग्ले

काठमाडौँः अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिएका छन् । बिहीबार (आज) आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई...

बुद्धभूमि नेपाल हाइड्रोले ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौँ: बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले ६४ मेगावाट क्षमताका दुई जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ। कम्पनीले सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ४३...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना