२०८३ कार्तिक २१ गते शुक्रबार

यामाहा एक्सएसआर १५५ को बुकिङ खुला, मूल्य कति पर्ला?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १०
yamaha

काठमाडौं : रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजनमा तयार गरिएको यामाहाको नयाँ एक्सएसआर १५५ मोटरसाइकल नेपाल भित्रिने भएको छ। यसको अग्रिम बुकिङ खुला गरिएको छ।

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्सका अनुसार ग्राहकले ५ हजार रुपैयाँ अग्रिम रकम बुझाएर अनलाइन वा कम्पनीका शोरुममार्फत बुकिङ गर्न सक्नेछन्।

यो मोडल बीएमसी, भीआरसी–१, डब्लूएमसी र एसएमएक्स गरी चार संस्करणमा उपलब्ध हुनेछ। प्रत्येक संस्करणको मूल्य फरक–फरक निर्धारण गरिएको छ। बीएमसीको मूल्य रु. ५ लाख २९ हजार ९००, भीआरसी–१ को रु. ५ लाख ३९ हजार ९००, डब्लूएमसीको रु. ५ लाख ४९ हजार ९०० र एसएमएक्सको रु. ५ लाख ५९ हजार ९०० तोकिएको छ।

कम्पनीले सार्वजनिक बिक्री सुरु हुने मिति भने औपचारिक रूपमा घोषणा गरेको छैन। यद्यपि, आगामी भदौमा आयोजना हुने नाडा अटो शोमा यो मोटरसाइकल सार्वजनिक गर्ने तयारी कम्पनीको छ।

एक्सएसआर १५५ यामाहाको आर–१५ र एमटी–१५ मा प्रयोग भएको १५५ सीसी क्षमताको इन्जिन प्लेटफर्ममै आधारित मोडल हो। यसमा सिंगल सिलिन्डर, फोर–स्ट्रोक, फ्युल इन्जेक्सन र भेरिएबल भल्भ एक्टुएसन (भीभीए) प्रविधियुक्त इन्जिन जडान गरिएको छ, जसले १८.४ पीएस शक्ति र १४.२ एनएम टर्क उत्पादन गर्छ। मोटरसाइकलमा ६–स्पिड गियरबक्ससँगै असिस्ट तथा स्लिपर क्लचको सुविधा पनि दिइएको छ।

प्रकाशित: २०८३ साउन १० गते आईतबार ०२:००
प्रतिक्रिया

थप समाचार

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

ईभीमा प्राइसवारको असरः बीवाईडीको आम्दानी अनुमानभन्दा कम, नाफा १.५ अर्ब डलर

एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले...

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना