काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.८२ अंकले घटेर २ हजार ६५४.१५ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार सामान्य सुधार देखिएको बजार बिहीबार भने पुनः ओरालो लागेको हो।
सूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ। बुधबार ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३४७ वटा कम्पनीको १ करोड ८ लाख ४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएको एलएस होराइजन १२ को इकाईमूल्य यस दिन सर्वाधिक ६.५० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। आज उक्त कम्पनीकोको मात्र ४७ करोड २४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।


