काठमाडौँः नागरिक लगानी कोषको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले पाँच जना उम्मेदवारलाई सर्टलिस्ट गरेको छ।
समितिको बिहीबार बसेको बैठकले उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजना को मूल्याङ्कनका आधारमा पाँच जनाको छोटो सूची सार्वजनिक गरेको हो।
सर्टलिस्टमा अर्जुन कुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार कार्की, यज्ञ प्रकाश न्यौपाने र समता पन्त भट्ट परेका छन्।
अब समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता लिनेछ। तालिकाअनुसार अर्जुन कुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार कार्की र यज्ञ प्रकाश न्यौपानेलाई साउन २५ गते तथा समता पन्त भट्टलाई साउन २६ गते प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाइएको छ।
कार्ययोजना प्रस्तुति र अन्तर्वार्तापछि समितिले योग्य उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्ने प्रक्रिया अघि बढाउनेछ।


