२०८३ कार्तिक २१ गते शुक्रबार

‘चेरी क्यू’ ईभी सार्वजनिक, ३१ लाखमै किन्न पाइने, एकपटकको चार्जमा कति गुड्छ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २६
cheri

काठमाडौँ: नेपालका लागि चेरीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले आफ्नो नयाँ विद्युतीय सवारी चेरी क्यू सार्वजनिक गरेको छ। मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोविलिटी एक्स्पो’ को अवसर पारेर कम्पनीले यो प्रिमियम ह्याचब्याक सार्वजनिक गरेको हो।

नयाँ प्रविधिको प्रयोग र आधुनिक स्वरूपमा तयार पारिएको यस कारको मूल्यमा कम्पनीले विशेष सहुलियतको समेत घोषणा गरेको छ।

कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध यो गाडीको बजार मूल्य क्रमशः ३४ लाख ४९ हजार र ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यद्यपि, एक्स्पो अवधिका लागि विशेष योजना अन्तर्गत ग्राहकले यी गाडीहरू क्रमशः ३० लाख ९९ हजार र ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्।

चेरी क्यूमा ४१.२ किलोवाट आवरको उच्च क्षमताको ब्याट्री प्याक जडान गरिएको छ। कम्पनीका अनुसार यो गाडीले एकपटकको पूर्ण चार्जमा ४०० किलोमिटरसम्मको माइलेज (रेन्ज) प्रदान गर्दछ। यसमा ८५ किलोवाटसम्मको डिसी फास्ट चार्जिङ सपोर्ट हुन्छ, जसको मद्दतले मात्र १६ मिनेटमा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्‍याउन सकिन्छ। साथै, यसमा रहेको भी टु एल प्रविधिबाट बाह्य विद्युतीय उपकरणहरू समेत चलाउन मिल्छ।

नेपाली सडक सुहाउँदो १७५ एमएमको ग्राउण्ड क्लियरेन्स भएको यो एसयूभी मोडलमा १५.६ इन्चको विशाल इन्फोटेन्मेन्ट स्क्रिन र ५४० डिग्रीको सराउण्ड क्यामेरा राखिएको छ। सुरक्षालाई प्राथमिकता दिँदै यसमा २० भन्दा बढी सुविधाहरू भएको एडास प्रविधि समावेश गरिएको छ।

प्रकाशित: २०८३ साउन २६ गते मङ्गलबार ०१:०८
प्रतिक्रिया

थप समाचार

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

ईभीमा प्राइसवारको असरः बीवाईडीको आम्दानी अनुमानभन्दा कम, नाफा १.५ अर्ब डलर

एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले...

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना