२०८३ कार्तिक २० गते बिहिबार

सिटिजन्स बैंकको नाफामा ६३ प्रतिशत उछाल आउँदा पुग्यो २ अर्ब १० करोड, ईपीएस ५६ प्रतिशत बढ्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २९
citizen_bank

काठमाडौं। सिटिजन्स बैंकको नाफामा उछाल आएको छ। गत आर्थिक वर्षमा बैंकको खुदनाफा ६३ प्रतिशत बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुदनाफा १ अर्ब २८ करोड ७० लाख रुपैयाँ मात्र थियो।

अघिल्लो वर्षको तुलतामा गत आर्थिक वर्ष सिटिजन्स बैंकको खुदनाफा ८१ करोड १५ लाख रुपैयाँ बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।

इम्पेयरमेन्ट र निक्षेप लागत घट्दा बैंकको नाफामामा सुधार देखिएको हो। यससँगै बैंकको नाफामा मात्रै नभई प्रति सेयर आम्दानी (ईपीएस) क्षमतामासमेत उल्लेख्य सुधार देखिएको छ।

बैंकको वित्तीय प्रदर्शनमा बलियो सुधार हुनुका ईपीएसमा पनि सुधार देखिएको छ। बैंकको ईपीएस ५६ प्रतिशत बढेर १३.५३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ८.६८ रुपैयाँ थियो। यस्तै प्रतिसेयर नेटवर्थ १६०.५१ रुपैयाँ छ।

खुद नाफा र ईपीएस दुवैमा आएको सुधारले बैंकको आम्दानी क्षमता मजबुत हुँदै गएको देखिएको छ।

इम्पेयरमेन्ट चार्जमा आएको ६९.०५ प्रतिशत कमीले नाफा बढाउन महत्वपूर्ण योगदान देखिएको छ। अघिल्लो वर्ष २ अर्ब ६८ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष घटेर ८२ करोड ९४ लाख रुपैयाँमा सीमित भएको बैंकले जानकारी दिएको छ। यसले बैंकको नाफामा सकारात्मक प्रभाव पारेको छ।

त्यसैगरी, बैंकको निक्षेप लागत ४.४९ प्रतिशतबाट घटेर ३.३६ प्रतिशतमा सीमित भएको छ। घट्दो ब्याजदर वातावरणमा बैंकले आफ्नो स्रोत लागत व्यवस्थापनमा सुधार गरेको देखिन्छ।

बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ६.३३ प्रतिशत बढेको छ भने नेट ट्रेडिङ तथा अन्य सञ्चालन आम्दानीमा ५१.१२ प्रतिशतको वृद्धि भएको छ।
वितरणयोग्य नाफा कम देखिनुको कारण नियामकीय समायोजन रहेको छ।

बैंकको खुद नाफा २ अर्ब १० करोड रुपैयाँ पुगे पनि वितरणयोग्य नाफा ५२ करोड ३१ लाख रुपैयाँ छ। बैंकको लाभांश क्षमता ३.३७ प्रतिशत कायम छ।

यो अन्तरलाई सञ्चालन नाफा कमजोर भएको अर्थमा लिनुपर्ने अवस्था नभएको बैंकले जनाएको छ। वितरणयोग्य नाफा निर्धारण गर्दा नेपाल राष्ट्र बैंकका नियामकीय व्यवस्था, वैधानिक विनियोजन तथा विभिन्न समायोजनहरू लागू हुने भएकाले खुद नाफा र वितरणयोग्य नाफाबीच फरक देखिएको हो।

विशेषगरी, डिफर्ड ट्याक्स एसेटबापत ४३ करोड ३८ लाख रुपैयाँ नियामकीय प्रयोजनका लागि वितरणयोग्य नाफाबाट समायोजन गरिएको बैंकले जनाएको छ। वित्तीय विवरणमा नियामकीय रिजर्भसम्बन्धी प्रावधानअनुसार यसको हिस्सा वितरणयोग्य नाफामा गणना गर्न नपाइने भएकाले यस्तो समायोजन गरिएको हो।

बैंकको रिर्जभमा ८ अर्ब ८६ करोड १० लाख रुपैयाँ छ। बैंकको खुदब्याज आम्दानीमा सुधार भई छ अर्ब २९ करोड ३६ लाख रुपैयाँ पुगेको छ। यस्तै निष्क्रिय कर्जा अनुपात ५.८८ प्रतिशत छ। आधारदर ५.०४ र स्प्रेडदर ३.४८ प्रतिशत छ।

समीक्षा अवधिमा बैंकले २ खर्ब ३१ अर्ब ७३ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ७० अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड रुपैयाँ छ।

 

प्रकाशित: २०८३ साउन २९ गते शुक्रबार ०५:३०
प्रतिक्रिया

थप समाचार

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

काठमाडौँः एनआईसी एशिया बैंक लिमिटेडले प्रमुख सुरक्षा अधिकृत पदमा एक जना कर्मचारी नियुक्त गर्ने भएको छ । बैंकले योग्य, अनुभवी तथा नतिजामुखी उम्मेदवारबाट उक्त पदका लागि आवेदन आह्वान गरेको हो...

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

काठमाडौँ: आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई)...

राष्ट्र बैंकको कारबाहीमा पर्यो हिमालयन बैंक

काठमाडौँः नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै हिमालयन बैंक लिमिटेडलाई ४ लाख २६ हजार ८८४ रुपैयाँ ९९ पैसा जरिवाना गरेको छ। राष्ट्र बैंकको...

एनआईसी एशिया बैंकले हकप्रद निष्कासन गर्ने, सेबोनबाट पायो अनुमति

काठमाडौँः एनआईसी एशिया बैंकले विद्यमान सेयरधनीलाई लक्षित गर्दै ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति पाएसँगै...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना