२०८३ कार्तिक २० गते बिहिबार

धरान उपमहानगरपालिकाले ल्यायो २ अर्ब ७६ करोडको बजेट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २९
dharan1

सुनसरी: धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजारबराबरको बजेट पारित गरेको छ।

बिहीबार सम्पन्न १९औँ नगरसभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो।

धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले प्रस्तुत गर्नुभएको बजेटमा नगर कार्यपालिकातर्फ रु दुई अर्ब ४७ करोड ४८ लाख ३३ हजार र २० वटा वडा कार्यालयतर्फ रु २८ करोड ७० लाख ९४ हजार विनियोजन गरिएको छ।

आन्तरिक राजस्वबाट रु एक अर्ब ४० करोड ९४ लाख ८८ हजार, सङ्घीय अनुदानबाट रु ८६ करोड १९ लाख, प्रदेश सरकार अनुदानबाट रु नौ करोड १६ लाख ४८ हजार, राजस्व बाँडफाँटबाट रु ३२ करोड ८८ लाख ९१ हजार, सडक बोर्डबाट रु एक करोड र गत वर्षको मौज्दातबाट रु सात करोड प्राप्त हुने अनुमान गरिएको कार्यवाहक नगरप्रमुख बेघाले बताए।

बजेटमा सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ रु ९९ करोड ५० लाख विनियोजन गरिएको छ। त्यसमध्ये खाल्डाखुल्डीमुक्त नगर कार्यक्रममा रु चार करोड, धरानको भानुचोक सौन्दर्यीकरण, स्थायी स्टेज निर्माणमा रु एक करोड र सभागृह निर्माणको लागि रु दुई करोड विनियोजन गरिएको छ।

यस्तै, स्वास्थ्यतर्फ रु १२ करोड ४५ लाख, सशर्त अनुदानबाट रु नौ करोड ३३ लाख, धरान अस्पताल सञ्चालनका लागि रु दुई करोड र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने कार्यक्रमका लागि रु ५० लाख छुट्याइएको छ।

शिक्षा, युवा तथा खेलकुदतर्फ रु ४९ करोड ८६ लाख ८२ हजार विनियोजन गरिएको छ। सङ्घ तथा प्रदेश सरकारको सशर्त अनुदानसहितको सो बजेटबाट शैक्षिक तथा खेलकुद कार्यक्रम सञ्चालन गरिने साथै एउटा सामुदायिक विद्यालयलाई स्कुल बस उपलब्ध गराउने कार्यक्रम बजेटमा समेटिएको छ।

त्यसैगरी, सामाजिक विकासमा आन्तरिक स्रोतबाट रु १० करोड विनियोजन गरिएको छ। सुकुमवासी व्यवस्थापनमा रु ५० लाख, सिटी सफारी तथा ट्याम्पो चालकको दुर्घटना सहयोग कोष रु २० लाख, सडक मानव व्यवस्थापन, खेलकुद, बाँदर नियन्त्रणमा रु १० लाख, विपन्न परिवारका सदस्यको दाहसंस्कार साझेदारीका लागि रु १० लाख, लैङ्गिक समानता र समावेशीकरण कार्यक्रममा रु एक करोड पाँच लाख विनियोजन गरिएको छ।

आर्थिक विकासमा रु छ करोड ८० लाख विनियोजन गरिएको छ। जसमध्ये सङ्कटग्रस्त सहकारी व्यवस्थापनका लागि रु पाँच करोड छुट्याइएको छ। वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ रु तीन करोड ९५ लाख ७५ हजार विनियोजन गरिएको छ। विपद् व्यवस्थापन कोषका लागि रु दुई करोड छुट्याइएको छ। बजेटमा कानुन तथा न्याय सम्पादनतर्फ आन्तरिक स्रोतबाट रु २० लाख विनियोजन भएको छ।

यस्तै, धरानको खानेपानी चतरा कोशी नदीबाट पानी आपूर्ति गर्ने नेपाल सरकारको योजनामा साझेदारीका लागि रु तीन करोड ११ लाख आन्तरिक स्रोतबाट विनियोजन गरिएको कार्यवाहक नगरप्रमुख बेघाले बताए।

प्रकाशित: २०८३ साउन २९ गते शुक्रबार ११:०८
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना