२०८३ कार्तिक १७ गते सोमबार

तीन महिनादेखि आईपीओ स्वीकृति ठप्प, अनुमति माग्ने बढेको बढ्यै, थप चार कम्पनी थपिए

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २
IPO

काठमाडौँः आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड अर्थात् सेबोनमा थप ४ कम्पनीले आवेदन दिएका छन्। मकरीगाड हाइड्रोपावर लिमिटेड, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, इन्द्रेणी मसरुम फार्म लिमिटेड र मध्यपुर अस्पताल लिमिटेडले आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिएका हुन्।

यी चारवटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्काशन गर्ने गरी अनुमति मागेका छन्। कम्पनीहरूले साउन महिनामै आवेदन दिए पनि सेबोनले आफ्नो वेबसाइटमार्फत हालै मात्र आवेदनसम्बन्धी विवरण सार्वजनिक गरेको हो।

मकरीगाड हाइड्रोपावरले २२ लाख २७ हजार ५०० कित्ता आईपीओ निष्काशनका लागि साउन २२ गते आवेदन दिएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

यस्तै, इन्द्रेणी मसरुम फार्मले ८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशनका लागि साउन २२ गते नै आवेदन दिएको छ। कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

मध्यपुर अस्पतालले पनि साउन २२ गते नै आईपीओ निष्काशनको अनुमति मागेको हो। अस्पतालले २८ लाख कित्ता आईपीओ निष्काशनका लागि आवेदन दिएको छ। यसको बिक्री प्रबन्धक पनि मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

त्यसैगरी, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनीले २४ लाख कित्ता आईपीओ निष्काशनका लागि साउन २९ गते सेबोनमा आवेदन दिएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

यी ४ कम्पनीले कुल ८३ लाख २ हजार ५०० कित्ता आईपीओ निष्काशनका लागि अनुमति मागेका छन्। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आधारमा हेर्दा यी कम्पनीहरूले कुल ८३ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेका छन्।

वैशाखपछि आईपीओ स्वीकृति रोकिएको अवस्था

तर, यी कम्पनीले आवेदन दिए पनि अहिलेसम्म आईपीओ निष्काशनको अनुमति भने पाइसकेका छैनन्। सेबोनले गत वैशाख २ गतेपछि नयाँ आईपीओ निष्काशनको स्वीकृति दिएको छैन।

बोर्डले प्राथमिक बजारमा सुधारका लागि विभिन्न नीतिगत योजना अघि सारेको छ। नीतिगत सुधार गरेपछि मात्रै नयाँ आईपीओ निष्काशनको अनुमति प्रक्रिया अघि बढाउने बोर्डले बताउँदै आएको छ।

यसकारण अहिले आवेदन दिएका मकरीगाड हाइड्रोपावर, कालिञ्चोक इन्भेष्टमेन्ट, इन्द्रेणी मसरुम फार्म र मध्यपुर अस्पतालको आईपीओ पनि तत्काल बजारमा आउने निश्चित छैन।

यी कम्पनीसँगै बोर्डमा आईपीओको अनुमति पर्खिरहेका कम्पनीको संख्या १०८ पुगेको छ ।

प्रकाशित: २०८३ भदौ २ गते मङ्गलबार ०३:४८
प्रतिक्रिया

थप समाचार

नेप्सेमा करेक्सन जारी, कारोबार रकम पनि घट्यो

काठमाडौँः साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन शुक्रबारदेखि सुरु भएको बजारको करेक्सनले आइतबार पनि निरन्तरता पाएको हो। नेप्सेसँगै यस दिन कारोबार...

युनिलिभरले सेयरधनीलाई १५४० रुपैयाँ नगद लाभांश दिने

काठमाडौं।बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

घटेर बन्द भयो नेप्से, कारोबार रकम बढेर ८ अर्ब ८९ करोड पुग्यो

काठमाडाैँ: साताको अन्तिम कारोबार दिन (शुक्रबार) सेयर बजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.४५ अंक घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार...

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना