काठमाडौँ: साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार स्थिरसरह देखिएको छ। मंगलबार झिनो अंकले घटेको बजार यसदिन एक अंकभन्दा कमले ओरालो लागेको छ।
बुधबार ०.२६ अंकले घटेर २ हजार ६२२.२२ अंकमा बजार बन्द भएको छ।
यसदिन कारोबारमा आएकामध्ये १५० कम्पनीको सेयरमूल्य घटेको छ। ११० कम्पनीको मूल्य घट्दा १८ कम्पनीको स्थिर छ।
आज सर्वाधिक माउन्ट एभरेस्ट पावरको १४.९९ र सर्वोत्तम पेन्ट्सको ९.९८ प्रतिशतले सेयरमूल्य बढ्दा मनकामना इन्जिनियरिङ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ८.४५ प्रतिशत गुमाएका छन्।
यसैगरी बुधबार ३ अर्ब २९ करोड रुपैयाँको ९५ लाख ८ हजार ८८२ कित्ता सेयर किनबेच भएको छ।


