काठमाडौँः बिहीबार नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। पछिल्ला चार कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से यस दिन भने बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ७.१७ अंकले बढेर २ हजार ६२९.४० विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब २९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा बिहीबार ४ अर्ब ४० करोड १४ लाख ९ हजार रुपैयाँबराबरको ९५ लाख ७६६ कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम सिमेन्टको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साथै, कारोबारमा आएको कुमारी धनवृद्धि योजनाको इकाई मूल्य भने सर्वाधिक ९.७७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नौ वर्षे एग्रिकल्चरल बन्ड शीर्ष स्थानमा रहेको छ। उक्त बन्डको ५० करोड ६५ लाख रुपैयाँबराबरको कारोबार भएको छ।


