काठमाडौँ: नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन्। सरकारले गत भदौ ३ गते उनलाई कार्यकारी पदमा नियुक्त गरेको थियो।
नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३ गते बसेको बैठकले उनलाई कोषको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो।
पदबहाली गर्दै उनले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कोषले गर्दै आएको कार्यलाई अझ चुस्त र पारदर्शी रूपमा अघि बढाउने बताए। कोषमा रहेको ठूलो फण्डलाई सरकारका प्राथमिकतामा रहेका परियोजना र उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा कोषले योगदान पुर्याउन विशेष जिम्मेवारीको साथ कार्य गर्नुपर्ने उनको भनाइ थियो।
