२०८३ कार्तिक १७ गते सोमबार

७० करोड लगानी थपेर हिमालयन लिकर्स ल्याउँदै राजापुर सुगर इन्डस्ट्रिज

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ७
liqures

काठमाडौँ: बर्दियामा मदिरा उद्योग सञ्चालनमा आउन लागेको छ। सञ्चालनमा रहेको राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले ७० करोड रुपैयाँ लगानीमा हिमालयन लिकर्स प्रालि सञ्चालनमा ल्याउन लागेको हो।

कुल लगानीमध्ये ५६ करोड ऋण र २४ करोड रुपैयाँ स्वपुँजी लगानी हुने भएको छ। कुल लगानी मध्ये ८० प्रतिशत बैंकको ऋण र बाँकी २० प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरि लगानी संरचना बनाइएको छ।

उद्योगका संस्थापकले मदिरा उत्पादन पूर्वाधारमा हालसम्म २५ प्रतिशत इक्विटी लगानी गरिसकेका छन्। लगानी व्यवस्थापन हुन बाँकी रहेको हिमालयन लिकर्सले जनाएको छ।

उद्योगले चिनीका साथै मलोसिसबाट मदिरा पनि उत्पादन गर्ने लक्ष्य लिएको छ। यसका लागि बेग्लै उत्पादन प्लान्ट राख्ने योजनाअनुसार राजापुर सुगरले हिमालयन लिकर्स सञ्चालनमा ल्याउन लागेको हो।

उद्योग पूर्वाधार निर्माण प्रारम्भीक चरणमा रहेको छ। जग्गा प्राप्तिलगायतका काम भएको छ। हालसम्म ६ प्रतिशत वित्तीय प्रगति भएको हिमालयन लिकर्सले जनाएको छ।

उद्योगको डिष्टिलरी प्लान्टबाट वार्षिक १ करोड लिटर मिश्रित र १० हजार लिटर मदिरा उत्पादन क्षमता रहेने भएको छ। उद्योगले आफ्नो उत्पादन प्रक्रियाहरूको लागि मुख्य कच्चा पदार्थको रूपमा ऊखुको मोलासेस, स्पिरिट र अन्न (चामल, मकै र गहुँ) मा निर्भर गर्दछ।

यी कच्चा वस्तुहरूको मूल्य अत्यधिक अस्थिर छ। जसले उद्योगलाई कच्चा पदार्थको लागतमा उतारचढाव र मार्जिनमा सम्भावित दबाबको सामना गर्न बाध्य पार्छ। त्यसैले कच्चा वस्तुको लागतमा अस्थिरता उद्योग सञ्चालन नाफाका लागि प्रमुख जोखिम बनेको छ।

बर्दिया, जहाँ कच्चा पदार्थको सहज पहुँचको हिसाबले रणनीतिक स्थानमा उद्योग रहेको छ।

बर्दिया र कैलाली दुवै जिल्लासँग डिष्टिलरी प्लान्टको निकटताका साथै नजिकैको भारतीय बजारहरूमा यसको पहुँचले प्रमुख कच्चा वस्तुहरूको पर्याप्त उपलब्धता सुनिश्चित गर्ने र कुशल खरिद कार्यहरूलाई सहज बनाउने अपेक्षा गरिएको छ।

राजापुर सुगरको लागत बढेर दुई अर्ब पुग्यो, उद्योगले थाल्यो चिनी उत्पादन

राजापुर सुगरले मोलासेसको प्रमुख आपूर्तिकर्ता रहने भएको छ। जुन मदिरा र रेक्टिफाइड स्पिरिट उत्पादनको लागि एक महत्वपूर्ण कच्चा पदार्थ हो। सम्बन्धित संस्थाबाट मोलासेसको उपलब्धताले आपूर्ति श्रृंखला विश्वसनीयतालाई समर्थन गर्ने र खरिद सम्बन्धित अनिश्चितताहरूलाई कम गर्ने अपेक्षा गरिएको छ।

समूहका अन्य व्यावसायिक संस्थाहरूको स्थापित बजार उपस्थिति र वितरण सञ्जालले व्यावसायिक उत्पादन सुरु भएपछि सञ्चालन र बजार प्रवेशको प्रारम्भिक वृद्धिमा हिमालयन लिकर्सलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।

हिमालयन लिकर्सका अध्यक्ष यज्ञबहादुर ओली रहेका छन्। उनीसँग उत्पादन र मार्केटिङ उद्योगहरूमा दशकभन्दा बढीको अनुभव छ। ओलीका केही अन्य व्यावसायिक उद्यमहरूमा

देउती गुट्खा इन्डस्ट्रीज रहेको छ। जुन मुलुकको पश्चिमी भागमा लगभग दुई दशकदेखि गुट्खा र सुर्तीजन्य वस्तुको उत्पादनमा संलग्न कम्पनी हो। जसको आर्थिक वर्ष सन् २०२५ मा ३ अर्ब ४९ करोड ६० लाख र २०२४ मा ३ अर्ब २८ करोड २० लाख रुपैयाँ सुर्तिजन्य वस्तुको कारोबार गरेको थियो।

व्यापारिक उद्यमहरूमा देउती प्याकेजिङ, देउती सोप एन्ड केमिकल्स प्राइभेट लिमिटेड, राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रीज प्राइभेट लिमिटेड र देउती रियल इस्टेट प्राइभेट लिमिटेड सञ्चालनमा छन्।

राजापुर सु्गरले गत माघदेखि उखु पेल्न सुरु गरेको हो। राजापुर सुगर १ अर्ब ९७ करोड २० लाख रुपैयाँ लगानीमा सञ्चालनमा आएको हो। उद्योगको दैनिक २५ सय टन उखु क्रसिङ गर्ने क्षमता रहेको छ।

चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखु खेतीतर्फ आकर्षित भएका छन्। मिल पूर्णरूपमा सञ्चालन गर्नका लागि पाँच हजारदेखि छ हजार बिघामा उखु खेती आवश्यक पर्ने छ।

बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी चार जिल्लामा मात्रै ३ लाख ५९ हजार ३८८ टन ऊखु उत्पादन हुने गरेको छ। उद्योग सञ्चालनमा आउने भएपछि ऊखु उत्पादन बढ्ने अनुमान गरिएको छ।

प्रकाशित: २०८३ भदौ ७ गते आईतबार ०७:४५
प्रतिक्रिया

थप समाचार

‘भारतीय र चिनियाँलाई आकर्षित गर्न सके पर्यटनबाटै आर्थिक समृद्धि संभव छ’

काठमाडौं। नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा दिन सक्ने क्षमता राखे पनि त्यसको एक तिहाइ पर्यटकसमेत भित्रिन नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना