काठमाडौं। सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बोनस शेयरको मूल्य ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबर हुनेछ। उक्त लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ। लाभांश प्रस्ताव अनुमोदन गर्न कम्पनीले असोज १ गते बिहान ११ बजे काठमाडौंस्थित होटल इम्पेरियल मा १७औँ वार्षिक साधारण सभा बोलाएको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ २२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार भदौ १८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागी हुन र घोषित लाभांश प्राप्त गर्न सक्नेछन् ।