काठमाडौँः महालक्ष्मी विकास बैंकले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने भएको छ। बैंकले भदौ महिनाका लागि आफ्नो आधार दर ५.६४ प्रतिशत रहेको जनाउँदै यसको प्रत्यक्ष लाभ सवारी कर्जा लिने ग्राहकले लिन सक्ने जनाएको छ।
काठमाडौंको भृकुटीमण्डपमा भदौ ९ गतेदेखि १४ गतेसम्म आयोजना भइरहेको १८औँ संस्करणको नाडा अटो शो २०२६ मा बैंकले सहभागिता जनाउँदै सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय सेवा प्रदान गरिरहेको छ।
बैंकका अनुसार विकास बैंकहरूमध्ये प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले अटो शोको अवसरमा ग्राहकलाई आकर्षक ब्याजदरसँगै प्रशासनिक शुल्कमा विशेष छुट समेत प्रदान गर्नेछ।
विद्युतीय तथा अन्य निजी र व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकले बैंकको सवारी कर्जा योजनाबाट लाभ लिन सक्नेछन्। बैंकले कर्जा प्रक्रियालाई सहज र सरल बनाउने उद्देश्यले अटो शोमै आवश्यक परामर्श तथा सहजीकरणको व्यवस्था गरेको जनाएको छ।
सवारी कर्जाको ब्याजदरबारे जानकारी लिन तथा कर्जा प्रक्रियाका लागि इच्छुक ग्राहकले नाडा अटो शोको हल नं. ४ स्थित बैंकको स्टल नं. एलमा सम्पर्क गर्न सक्नेछन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको अटो शोमा महालक्ष्मी विकास बैंकले विकास बैंकहरूमध्ये निरन्तर सहभागिता जनाउँदै आएको छ। बैंकले अटो शोमार्फत प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जाको पहुँच विस्तार गर्दै ग्राहकलाई सवारीसाधन खरिदका लागि आवश्यक वित्तीय परामर्श प्रदान गर्दै आएको जनाएको छ।