२०८३ भदौ ३० गते मङ्गलबार

भोटेकोशी बाढीपछि आकस्मिक मन्त्रिपरिषद् बैठकका १० निर्णय

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १०
cabinet_mantriparisad

काठमाडौँः रसुवाको रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले आकस्मिक मन्त्रिपरिषद् बैठक बसेर १० वटा महत्वपूर्ण निर्णय गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बाढीबाट प्रभावितको उद्धार, उपचार, राहत तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकका निर्णय यस्ता छन्ः

१. भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्ने निर्णय गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

२. बाढीबाट घाइते भएकाहरूको तत्काल निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना तथा सरकारी अस्पतालमार्फत गर्ने निर्णय गरिएको छ।

३. घाइते तथा बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह तथा रक्षा मन्त्रालयले मिलाउने निर्णय गरिएको छ। उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टरसमेत परिचालन गरिनेछ।

४. घर तथा निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी खाने तथा बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद् व्यवस्थापन समितिले मिलाउने निर्णय गरिएको छ।

५. बाढीका कारण अवरुद्ध भएका सडक तत्काल सञ्चालनमा ल्याउने तथा प्रभावित क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र गर्ने जिम्मेवारी पूर्वाधार विकास मन्त्रालयलाई दिइएको छ।

६. बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति यथाशीघ्र सञ्चालनमा ल्याउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई जिम्मेवारी दिइएको छ।

७. अवरुद्ध दूरसञ्चार सेवा तत्काल सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था सूचना तथा सञ्चार मन्त्रालयले मिलाउने निर्णय गरिएको छ।

८. बाढीबाट मृत्यु भएकाका परिवारलाई प्रचलित कानुनबमोजिम आर्थिक सहायता तत्काल उपलब्ध गराउने निर्णय गरिएको छ।

९. बाढीबाट क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको तत्काल सञ्चालन तथा पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत परिचालन गर्न समन्वय गर्ने जिम्मेवारी अर्थमन्त्रीलाई दिइएको छ।

१०. विपद्बाट प्रभावित जिल्लाका स्थानीय तहहरूलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ।

प्रकाशित: २०८३ भदौ १० गते बुधबार ०३:००
प्रतिक्रिया

थप समाचार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...

खरानीबाट उठ्दै डेढ अर्बभन्दा बढी क्षति व्यहोरेको चितवन (फोटो)

चितवन: जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा व्यापक भौतिक विध्वंस भएको थियो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आन्दोलनका क्रममा जिल्लाभर ७९ वटा...

गुठीका किसानलाई मन्त्री रावलको आश्वासन: घर–टहरा निर्माण गर्न कानुनले बन्देज लगाएको छैन

 काठमाडौँ: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गासम्बन्धी विगतका सरकारहरूले गरेका सम्पूर्ण सहमति वर्तमान सरकारले पालना गर्ने प्रतिबद्धता...

बाढी पीडितका लागि फुड इम्प्यार सिंगापुरद्वारा ३० लाख ६९ हजार सहयोग

काठमाडौँ: म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ। फुड इम्पायरले उक्त...

भारत भ्रमणका क्रममा प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ शब्दबारे परराष्ट्रमन्त्रीको प्रष्टीकरण

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा आफूले प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ शब्दले नेपालको राष्ट्रिय विरासत वा छिमेकीसँगको सम्बन्धको इतिहासलाई नभई विगतमा देखिएको आन्तरिक...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना