काठमाडौँ: रसुवामा गएको बाढीबारे नेपाललाई चीनले पूर्वसूचना नदिएको भन्ने आरोपलाई चिनियाँ दूतावासले खण्डन गरेको छ।
नेपालका लागि चिनियाँ राजदूतावासले सामाजिक सञ्जालमार्फत चीनतर्फको भू–प्रकोपबाट बनेको बाँध भत्किँदा नेपालतर्फ ठूलो क्षति भएको भन्ने दाबीसमेत गलत भएको दाबी गरेको छ।
दूतावासले २६ अगस्ट २०२६ को बिहान नेपाली भू-भागमा भूकम्प वा भूकम्पजस्तै हिमताल/हिमनदीको भाग खस्ने घटना भयो हुँदा ठूलो मात्रामा लेदोसहितको पहिरो गई क्षति भएको बताएको छ। यसले जिरोङ-रसुवागढी सीमा क्षेत्रको दुवैतर्फ (नेपाल र चीन) ठूलो जनधनको क्षति पुर्याएर मानिसहरू बेपत्ता भएको दूतावासको भनाइ छ।
आरोप-प्रत्यारोपले कुनै मद्दत नगर्ने, सहकार्यले नै जीवन बचाउने भन्दै अफवाहमा विश्वास नगर्न आग्रह गरिएको छ।