काठमाडौँः नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा मिना पाण्डे बढुवा भएकी छन्। राष्ट्र बैंकको प्रशासन सेवातर्फ रिक्त रहेको एक कार्यकारी निर्देशक पदमा उनलाई बढुवा गर्ने निर्णय भएको हो।
मानव संसाधन व्यवस्थापन विभागले नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधनसहित) बमोजिम निर्देशक पदमा कार्यरत सम्भाव्य उम्मेदवारमध्येबाट पाण्डेलाई कार्यकारी निर्देशकमा बढुवा गरेको जनाएको छ।
पाण्डे यसअघि बैंक सुपरिवेक्षण विभागमा निर्देशकका रूपमा कार्यरत थिइन्।
सरकारले राष्ट्र बैंकका तत्कालीन कार्यकारी निर्देशक दीर्घबहादुर रावललाई डेपुटी गभर्नरमा नियुक्त गरेपछि कार्यकारी निर्देशकको एक पद रिक्त भएको थियो। सोही रिक्त पदमा पाण्डेको बढुवा गरिएको हो।
पाण्डेको बढुवासँगै राष्ट्र बैंकले रिक्त रहेको कार्यकारी निर्देशक पदपूर्ति गरेको छ।