काठमाडौँः एभरेष्ट बैंक लिमिटेड आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश रहेको छ।
हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी थप वृद्धि हुनेछ।
बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ।
एभरेष्ट बैंकको लाभांश घोषणासँगै आर्थिक वर्ष २०८२/८३ को नाफाबाट लाभांश घोषणा गर्ने क्रम वाणिज्य बैंकहरूमा सुरु भएको छ।