२०८३ कार्तिक १६ गते आईतबार

डिभाइन हेल्थकेयरले २० लाख ७० हजार कित्ता आइपीओ निष्कासन गर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ११
New Project – 2026-08-27T170844.807

काठमाडौँः औषधि उत्पादक कम्पनी डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आइपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यससम्बन्धी सम्झौतामा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रविक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

कम्पनीले जारी पुँजीको २० प्रतिशतबराबर २० लाख ७० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी गरेको जनाएको छ। सम्झौता कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक सुशान्त मुरारका तथा सञ्चालक मनोज केसी र विनय तोदीलगायतको उपस्थिति रहेको थियो।

वि।सं। २०७४ सालमा स्थापित डिभाइन हेल्थकेयर चितवनको भरतपुर महानगरपालिका–१६, विजय नगरमा रहेको औषधि उत्पादक कम्पनी हो। कम्पनीले औषधि व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणसम्बन्धी आवश्यक दर्ता तथा स्वीकृति प्राप्त गरी मानव स्वास्थ्यसम्बन्धी औषधि उत्पादन तथा बिक्री–वितरण गर्दै आएको जनाएको छ।

हाल कम्पनीले ६७ प्रकारका औषधि उत्पादन गरी नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ। कम्पनीका अनुसार एसिडेक्स, नेक्सोफास्ट ५ र प्रेगिक्स रेन्जलगायतका औषधि बजारमा उल्लेख्य मात्रामा बिक्री भइरहेका छन्।

कम्पनीले आगामी माघदेखि सिओपिडी अर्थात् दीर्घकालीन अवरोधात्मक फोक्सो रोगका बिरामीका लागि आवश्यक ड्राई पाउडर इनहेलर उत्पादनसमेत सुरु गर्ने तयारी गरेको जनाएको छ।

करिब एक बिघा क्षेत्रफलमा फैलिएको कम्पनी विगत तीन आर्थिक वर्षदेखि नाफामा सञ्चालन हुँदै आएको र हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिई मुख्यतः स्वपुँजीबाट सञ्चालन भइरहेको कम्पनीले जनाएको छ। कम्पनीको देशभर १२५ भन्दा बढी वितरकको सञ्जाल रहेको छ।

आइपीओबाट प्राप्त हुने पुँजी नयाँ प्रविधि विस्तार, नयाँ औषधिको विकास, विद्यमान उत्पादनको गुणस्तर सुधार तथा रिसर्च एन्ड डेभलपमेन्टमा प्रयोग गर्ने कम्पनीले जनाएको छ। कम्पनीले उत्पादन प्रक्रियालाई थप प्रभावकारी, सुरक्षित तथा गुणस्तरीय बनाउने लक्ष्यसमेत राखेको छ।

प्रकाशित: २०८३ भदौ ११ गते बिहिबार ०५:०९
प्रतिक्रिया

थप समाचार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

घटेर बन्द भयो नेप्से, कारोबार रकम बढेर ८ अर्ब ८९ करोड पुग्यो

काठमाडाैँ: साताको अन्तिम कारोबार दिन (शुक्रबार) सेयर बजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.४५ अंक घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार...

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

नेप्सेको वृद्धिले पायो निरन्तरता, कारोबार रकम साढे ६ महिनायताकै उच्च

काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिन बुधबार पनि बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिनसमेत सोही क्रमलाई निरन्तरता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना