काठमाडौँः प्रधानमन्त्री बालेन शाहसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको तलब बाढी तथा विपद् प्रभावितका लागि सहयोग गर्ने भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरिएको जानकारी दिए।
हालैको बाढी र पहिरोबाट प्रभावित नागरिकलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सरकारका तर्फबाट विभिन्न पहल भइरहेको छ।