२०८३ कार्तिक १६ गते आईतबार

बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडसः ‘ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १४
swornim

काठमाडौँः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा पुगेर उद्धार, राहत तथा पुनर्स्थापनाका कामको स्थलगत निरीक्षण गरेका छन्।

शनिबार बिहान विदुर पुगेका अर्थमन्त्री वाग्लेले नेपाली सेनाको नेतृत्वमा सञ्चालित राहत तथा उद्धार कमाण्ड पोस्टमा पुगेर भइरहेको उद्धार तथा राहत कार्यबारे जानकारी लिएका थिए। नेपाली सेनाका उपरथी रञ्जित थापाले हराइरहेका तथा जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराएका थिए।

सो अवसरमा अर्थमन्त्री वाग्लेले उद्धार, उपचार र पुनर्स्थापनाका लागि सरकारले आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए। उनले स्रोत र साधनको अभाव हुन नदिने भन्दै आवश्यक सहयोगका लागि समयमै जानकारी गराउन सुरक्षाकर्मीलाई आग्रह गरे।

अर्थमन्त्री वाग्लेले नेपाली सेनाको गौथली ब्यारेकस्थित हवाई उद्धार केन्द्र तथा राहत सामग्री सङ्कलन एवं वितरण केन्द्रको पनि निरीक्षण गरेका थिए। उनले उद्धार केन्द्रमा आफ्ना परिवारका सदस्य खोज्दै आएका पीडितसँग भेट गरी उनीहरूका समस्या सुने।

नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा परिवारका सदस्य फसेको भन्दै पीडित परिवारले उद्धारका लागि आग्रह गरेका थिए। जवाफमा अर्थमन्त्री वाग्लेले सुरुङमा फसेकाहरूको उद्धार उच्च प्राथमिकतामा रहेको र नेपाली सेना तथा अन्य सुरक्षाकर्मीले उद्धारका लागि निरन्तर प्रयास गरिरहेको बताएका थिए।

त्यसपछि उनले बाढीबाट ध्वस्त भएको ढुङ्गे बजार र ऐतिहासिक देवीघाट बजारको निरीक्षण गर्दै स्थानीय पीडितसँग भेट गरेका थिए। उनले प्रभावितलाई राहत, उपचार, खोज तथा पुनर्स्थापनामा सरकारले कुनै कमी हुन नदिने आश्वासन दिए।

अर्थमन्त्री वाग्लेले गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत देवीघाट र जिलिङ जोड्ने क्षतिग्रस्त पुल क्षेत्रको समेत अवलोकन गरेका थिए। उनले तल्लो पिपलटारस्थित आयुर्वेदिक केन्द्र र चन्द्रज्योति स्कुलमा स्थापना गरिएको होल्डिङ सेन्टर पुगेर उद्धार गरिएका नागरिकको अवस्थाबारे जानकारी लिएका थिए।

यसैगरी, अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री डा। बिक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिसँग विपद्पछिको उद्धार, राहत, उपचार र पुनर्स्थापनाका विषयमा छलफल गरेका थिए।

छलफलमा अर्थमन्त्री वाग्लेले केन्द्र सरकारबाट आवश्यक स्रोत र साधनको अभाव हुन नदिइने स्पष्ट पार्दै सबै पक्षलाई एकजुट भएर विपद् प्रतिकार्यमा जुट्न आग्रह गरेका थिए।

दिनको अन्त्यमा अर्थमन्त्री वाग्ले नेपाली सेनाको विदुर कमाण्ड सेन्टर पुगेका थिए। त्यहाँ गृहमन्त्री सुदन गुरुङ, सञ्चारमन्त्री तिमल्सिना तथा नेपाली सेनाका उच्च अधिकारीबाट उद्धार तथा राहत कार्यबारे जानकारी लिएका थिए। हाल जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको जनाइएको छ भने मृतकको शव सङ्कलन र राहत वितरण कार्यलाई समेत तीव्रता दिइएको छ।

प्रकाशित: २०८३ भदौ १४ गते आईतबार ११:०३
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना