२०८३ भदौ ३० गते मङ्गलबार

सिटिजन लाइफद्वारा डेढ करोड सहयोग, प्रभावित बीमितको अवस्था बुझ्न विशेष पहल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १६
IMG_3588

काठमाडौँ: भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको आकस्मिक बाढी तथा प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका अनुसार सहयोग रकममा सिटिजन लाइफका सिटिजन लिडर्सहरूको तर्फबाट १८ लाख ६७ हजार रुपैयाँ र कर्मचारीहरूको तर्फबाट २१ लाख ३३ हजार रुपैयाँ योगदान रहेको छ।

उक्त सहयोग रकम सिटिजन लाइफ इन्स्योरेन्सका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा नायब प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव दिप बहादुर बि. सी. ले नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

सिटिजन लाइफले विपद्को कठिन घडीमा उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय तह, स्वयंसेवक तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै प्रभावित क्षेत्रको राहत, उद्धार र पुनर्स्थापनामा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने जनाएको छ।

यसैगरी कम्पनीले विपद्का कारण प्रभावित आफ्ना बीमित तथा उनीहरूका परिवारजनको अवस्थाबारे जानकारी लिन कम्पनीले प्रभावित क्षेत्रका अभिकर्ता तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको जनाएको छ।

प्रभावित बीमित वा उनीहरूका परिवारमा बीमा दाबीसम्बन्धी आवश्यकता देखिएमा आवश्यक समन्वय गरी दाबी प्रक्रिया सहज, छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न सहजीकरण गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: २०८३ भदौ १६ गते मङ्गलबार १०:५५
प्रतिक्रिया

थप समाचार

भोटेकोशी बाढीको क्रेडिट अपडेटः नेपाल रि–इन्स्योरेन्स निगरानीको सूचीमा, रेटिङ स्कोर पनि घट्यो

समग्र दाबी रकममा हुने अपेक्षित वृद्धि र त्यससँगै कम्पनीको दायित्वमा हुने वृद्धिलाई हेर्दा यस्ता घटनाहरूका लागि कम्पनीसँग भएको ठूला विपद्सम्बन्धी बीमा सुरक्षा दाबी भुक्तानी गर्न अपर्याप्त...

आईएमई लाइफका संस्थापक सेयर बिक्रीमा

काठमाडौँः आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले पौने ५ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीको संस्थापक समूहको ४ लाख ७५ हजार ३३४ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो सेयरमा कम्पनीका...

५२ प्रतिशत नागरिक बीमाको पहुँचमा, एक महिनामै ३३ अर्ब बढ्यो प्रिमियम

बीमाको पहुँच बढेसँगै बीमा कम्पनीहरूको प्रिमियम संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ। जेठ मसान्तसम्म ५१.०२ प्रतिशत रहेको बीमाको पहुँच असार मसान्तसम्ममा बढेर ५२.०४ प्रतिशत पुगेको छ।

भोटेकोशी बाढीको बीमा दाबी भुक्तानी सहज बनाउन अर्थ मन्त्रालय सक्रिय

काठमाडौँः भोटेकोशी नदीमा हालै आएको विनाशकारी बाढीबाट जलविद्युत आयोजना, भौतिक पूर्वाधार, सवारीसाधन, कृषि तथा निजी सम्पत्तिमा भएको क्षतिको बीमा दाबी भुक्तानीलाई सरल, पारदर्शी र द्रुत बनाउन...

रसुवा बाढीः २५ अर्ब ८७ करोडको बीमा दाबी पर्ने अनुमान, ओरिएन्टल एक्लैलाई १३ अर्बको भार

भोटेकोशी र त्रिशुली नदी प्रणालीमा आएको विनाशकारी बाढीले नेपालको निर्जीवन बीमा क्षेत्रमा हालसम्मकै ठूलोमध्येको एक 'वित्तीय झट्का’ दिएको छ।
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना