काठमाडौँः नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । नेप्सेले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त चेक हस्तान्तरण गरेको हो ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको जनाएको छ।