काठमाडौँः ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको भदौ १७ गते बिहान बसेको बैठकले शेयरधनीलाई ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावित कुल लाभांशमा करसमेत समावेश गरिएको बैंकले जनाएको छ।
बैंकले आर्थिक वर्ष २०८२/८३ मा आर्जन गरेको मुनाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो।
तर, शेयरधनीले तत्काल लाभांश प्राप्त गर्ने भने छैनन्। प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिनुपर्नेछ भने त्यसपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट समेत पारित हुनुपर्नेछ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाको अनुमोदनपछि मात्रै बैंकका शेयरधनीलाई प्रस्तावित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गरिनेछ।