२०८३ कार्तिक १६ गते आईतबार

भोटेकोशी बाढीको बीमा दाबी भुक्तानी सहज बनाउन अर्थ मन्त्रालय सक्रिय

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १७
flood_dhading_baireni (6)
प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

काठमाडौँः भोटेकोशी नदीमा हालै आएको विनाशकारी बाढीबाट जलविद्युत आयोजना, भौतिक पूर्वाधार, सवारीसाधन, कृषि तथा निजी सम्पत्तिमा भएको क्षतिको बीमा दाबी भुक्तानीलाई सरल, पारदर्शी र द्रुत बनाउन अर्थ मन्त्रालयले विशेष पहल थालेको छ।

बाढीबाट प्रभावित बीमित तथा लगानीकर्ताको आर्थिक पुनरुत्थान र क्षतिपूर्तिलाई प्राथमिकतामा राख्दै बीमा दाबी भुक्तानी प्रक्रियालाई सहजीकरण गर्ने विषयमा अर्थमन्त्रीको उपस्थितिमा मन्त्रालयका उच्च अधिकारी, नेपाल बीमा प्राधिकरण, बीमा तथा पुनर्बीमा कम्पनी र सर्भेयर संघका प्रतिनिधिबीच छलफल भएको हो।

प्रारम्भिक अनुमानअनुसार भोटेकोशी क्षेत्रका करिब ९०० मेगावाट क्षमताका जलविद्युत आयोजनामा झण्डै १८० अर्ब रुपैयाँ लगानी रहेको छ। बाढीका कारण जलविद्युत क्षेत्रसँगै अन्य भौतिक पूर्वाधार, सवारीसाधन तथा विभिन्न निजी सम्पत्तिमा समेत ठूलो क्षति पुगेको बताइएको छ।

प्रभावित क्षेत्रका व्यवसाय तथा आयोजनाको बीमा दाबी भुक्तानीलाई सहज बनाउन बैठकमा विभिन्न विषयमा छलफल गरिएको छ।

वास्तविक र प्रमाणित बीमा दाबीलाई अनावश्यक झन्झटबिना तत्काल फस्र्योट गर्ने तथा जलविद्युत आयोजनासहित ठूला पूर्वाधारको पुनर्निर्माण कार्य तत्काल सुरु गर्न आवश्यक पर्ने अवस्थामा पेश्की वा अन्तरिम भुक्तानी उपलब्ध गराउने विषयमा छलफल भएको छ।

त्यस्तै, सर्भेयर परिचालन प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन नेपाल बीमा प्राधिकरणले समन्वय गर्ने तथा आवश्यक परे विदेशी विज्ञ सर्भेयरको सेवा लिन सकिने विषयमा पनि सहमति जुटाइएको छ।

विपद्को विशेष परिस्थितिलाई ध्यानमा राख्दै बीमा दाबीका लागि आवश्यक कागजातसम्बन्धी विद्यमान कार्यविधिलाई समेत सरल बनाउने तयारी गरिएको छ।

यसैगरी, भोटेकोशी बाढीसँग सम्बन्धित बीमा दाबी र भुक्तानीको दैनिक अवस्था अनुगमन गर्ने, बीमा कम्पनीहरूको नगद प्रवाह व्यवस्थापनमा आवश्यक सहजीकरण गर्ने तथा पुनर्बीमा रिकभरी प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ।

सरकारले बाढीबाट प्रभावित व्यक्ति, व्यवसायी तथा लगानीकर्ताले समयमै बीमा दाबी रकम प्राप्त गर्न सकून् र क्षतिग्रस्त आयोजना तथा पूर्वाधारको पुनर्निर्माण कार्य शीघ्र अघि बढोस् भन्ने उद्देश्यका साथ सम्बन्धित निकायबीच समन्वय र सहजीकरणलाई प्राथमिकता दिएको जनाएको छ।

प्रकाशित: २०८३ भदौ १७ गते बुधबार ०४:११
प्रतिक्रिया

थप समाचार

अनलाइन परीक्षामा अनियमितता गर्ने ४१ परीक्षार्थीमाथि बीमा प्राधिकरणको कारबाही

काठमाडौँः नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको अनलाइन परीक्षामा अनियमितता गरेको पाइएपछि ४१ जना परीक्षार्थीमाथि कारबाही गरेको छ। प्राधिकरणले उनीहरूको परीक्षा रद्द गर्नुका साथै तीन महिनासम्म...

बाढीपीडित बीमितलाई ६ महिनासम्म ब्याज नलाग्ने

काठमाडौँः गत भदौ १० गतेको भीषण बाढीबाट प्रभावित बिमितलाई नेपाल बिमा प्राधिकरणले बिमा दाबी भुक्तानीदेखि बिमाशुल्क तथा बिमालेख कर्जासम्म विभिन्न सुविधा दिने भएको छ। प्राधिकरणले जीवन बिमा...

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।

रसुवा बाढीमा भएको क्षतिमा झण्डै २१ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ? 

काठमाडौँः गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट भएको क्षतिका लागि बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको...

भोटेकोशी बाढीको क्रेडिट अपडेटः नेपाल रि–इन्स्योरेन्स निगरानीको सूचीमा, रेटिङ स्कोर पनि घट्यो

समग्र दाबी रकममा हुने अपेक्षित वृद्धि र त्यससँगै कम्पनीको दायित्वमा हुने वृद्धिलाई हेर्दा यस्ता घटनाहरूका लागि कम्पनीसँग भएको ठूला विपद्सम्बन्धी बीमा सुरक्षा दाबी भुक्तानी गर्न अपर्याप्त...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना