काठमाडौँः हिमालयन क्यापिटलले संचालन गरेको हिमालयन ८०–२० म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ। यस फण्डले आर्थिक वर्ष २०८२/८३ को लागि कर सहित १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।
क्यापिटलले बिहिबार सुचना जारी गर्दै उक्त लाभांश घोषणा गरेको छ ।
फण्डले लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि प्रकाशित गर्ने जनाएको छ।