२०८३ कार्तिक २० गते बिहिबार

१ अर्ब ६५ करोड बजेट रकमान्तर, उत्तर-दक्षिण राजमार्गको बजेट काटेर मदन भण्डारीलाई

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत ७
finance

काठमाडौँ- अर्थ मन्त्रालयले फागुन महिनामा १ अर्ब ६५ करोड रुपैयाँ बजेट विभिन्न उपशीर्षक र अन्य उपशीर्षकमा रकमान्तर गरेको छ। मन्त्रालयले फागुनमा मन्त्रीस्तरीय बैठकबाट गरी बजेट रकमान्तर गरेको हो। अर्थले सबैभन्दा बढी राष्ट्रिय गौरवको परियोजना बूढीगण्डकी जलविद्युत आयोजनाको बजेट कटौती गरेको हो।

आयोजनाको ४० करोड बजेट काटेर नदी नियन्त्रणका लागि रकमान्तर गरिएको छ। बूढीगण्डकीकै बजेट कटौती गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सुनकोशी मरिन डाइभर्सन परियोजनाका लागि १ अर्ब रुपैयाँ रुपैयाँ रकमान्तर गरिएको छ।

चालु आर्थिक वर्षमा बजेटले सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाका लागि २ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेको थियो। यस्तै, अर्को राष्ट्रिय गौरवको परियोजना उत्तर-दक्षिण राजमार्ग (कर्णाली,कालीगण्डकी र कोशी)को १० करोड बजेट कटौती गरेर मदन भण्डारी राजमार्गलाई रकमान्तर गरिएको छ। रकमान्तरको निर्णय गर्दा नेकपा एमालेबाट गएका विष्णु पौडेल अर्थमन्त्री थिए।

यसैगरी भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतकै प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नति कार्यक्रमको १५ करोड बजेट सूर्यविनायक धुलिखेल र कोटेश्वर-बानेश्वर त्रिपुरेश्वर सडकमा रकमान्तर गरिएको छ।

एक शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर गर्दा १० प्रतिशतमा नबढ्ने गर्नुपर्ने व्यवस्था विनियोजन ऐनले गरेको छ। यस्तै एउटै अनुदान स‌ंख्याभित्र बजेट शीर्षक वा उपशीर्षकबाट रकमान्तर गर्दा भने यस्तो सीमा तोकिएको छैन।

पुँजीगत खर्च वा वित्तीय व्यवस्थातर्फ विनियोजित रकमको सावा र ब्याज भुक्तानी खर्चबाहेकमा रकमान्तर गर्न नपाउने व्यवस्था छ। यस्तै, वित्तीय व्यवस्था अन्तर्गत सावाका लागि विनियोजन भएको रकम सावाब्याज भुक्तानीबाहेकमा रकमान्तर गर्न पनि नमिल्ने व्यवस्था विनियोजन ऐनले गरेको छ।

फागुनमा मन्त्रालयले ६३ लाख ७७ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ। जसमा सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्य उपाचारका लागि उपलब्ध गराइएको ५५ लाख ८८ हजार रहेको छ।

फागुनमा २५ मन्त्रालय तथा निकायलाई ३७ करोड ४९ लाख रुपैयाँ निकासा दिएको छ। यसैगरी ७ अर्ब ८९ करोड रुपैयाँ फागुनमा बहुवर्षीय ठेक्काको स्रोत सहमति र बजेटसँग सम्बन्धित विषयमा मन्त्रालयले सहमति दिएको छ।

रासायनिक मल खरिका लागि १५ अर्ब ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको ७ अर्ब ७५ करोड खर्च गर्न मन्त्रालयले सहमति दिएको छ।

यसैगरी, आन्तरिक राजस्व विभागको अन्त:शुल्क स्टिकर छपाई, आपूर्ति तथा ढुवानी परियोजनका लागि ४१ करोड रुपैयाँ विनियोजन गरिएकोमा ४ करोड २ लाख ६८ हजार रुपैयाँका लागि सहमति प्रदान गरिएको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: २०७९ चैत ७ गते मङ्गलबार १२:५५
प्रतिक्रिया

थप समाचार

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

धनुषाका गौरीशंकरले जिते १० लाख, १ लाख जित्ने १५ जनामा तपाईँ पनि पर्नुभयो कि? [सूची]

काठमाडौँ: धनुषाको नगराइन नगरपालिकाका गौरीशंकर पण्डितका लागि ४१५ रुपैयाँको एउटा सामान्य खरिद जीवनकै अविस्मरणीय संयोग बनेको छ। दैनिक उपभोग्य वस्तुका रूपमा किनेको तोरीको तेलले उनलाई एकैपटक...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना