शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रू एक सयले घटेको छ। अघिल्लो दिन प्रतितोला रू १ लाख २ हजार ६ सय कायम भएकोमा शुक्रबार १ लाख २ हजार ५ सय तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ। यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई हजार एक सय थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार दुई सय ६५ तोकिएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।
