२०८३ साउन १३ गते बुधबार

ललितपुर मयेर्स कपमा सुदूरपश्चिम र एपीएफको जित

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत ९
cricket

काठमाडौं- त्रिवि क्रिकेट मैदानमा बिहीबार सुरु भएको ललितपुर मेयर्स महिला टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागीय टिम एपीएफले जित निकालेका छन्।

प्रतियोगिताअन्तर्गत बिहीबार बिहान भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ५१ रनले हराएको हो। टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभर खेल्दै तीन विकेट गुमाएर १३७ रन बनाएको थियो। जवाफमा लुम्बिनीले २० ओभरमा सात विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो।

सुदूरपश्चिमकी सम्झना खड्काले ४५ बलमा ५१ रन बनाइन् भने रुबी पोद्दारले २८ रनको योगदान दिइन्। बलिङतर्फ लुम्बिनी प्रदेशकी कृतिका मरासिनीले दुई विकेट लिएकी थिइन्।

जवाफमा लुम्बीनीका लक्ष्मी चौधरीले २५ रन बनाइन् भने बाँकी खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। सुदूरकी रितु कनौजियाले दुई विकेट लिएको खेलमा ५ खेलाडी भने रनआउट बने।

सोही मैदानमा भएको दोस्रो खेलमा उपाधि दाबेदार एपीएफले मधेशमाथि १० विकेटको जित निकालेको छ। एपीएफले ७५ बल बाँकी रहँदै जित निकालेको हो।

पहिले ब्याटिङ गरेको मधेश ५८ रनमै अलआउट भयो। एपीएफका लागि सोनु खड्काले चार र सिता राना मगरले तीन वकेट गिराएकी थिइन्।

जवाफमा सिताले ज्योति पाण्डेसँग ओपनिङ गर्दै विजयी साझेदारी गरिन्। उनले ३६ बलमा ४५ रन बनाइन्। यससँगै सुदूरपश्चिम र एपीएफले समान २-२ अंक जोडेका छन्।

प्रकाशित: २०७९ चैत ९ गते बिहिबार ०४:२२
प्रतिक्रिया

थप समाचार

आएरल्यान्ड ‘ए’ विरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौं– मैत्रीपूर्ण टी–२० क्रिकेट सिरिजमा नेपालले आयरल्यान्ड ‘ए’ विरुद्ध लगातार दोस्रो जित निकालेको छ। घरेलु टोली नेपालले दोस्रो खेलमा आयरल्यान्ड 'ए' लाई ७१ रनले हराएको हो। दुवै खेल आफ्नो...

नेपालले आयरल्यान्ड ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं-  नेपालले आयरल्यान्ड ‘ए’लाई ६ विकेटले हराएकोछ। पहिलो टी-२० अभ्यास खेलमा टेस्ट टोली आयरल्यान्ड 'ए'लाई घरेलु टोली नेपालले दुई खेलको सिरिजमा १-० को अग्रता लिएको छ। जितको लागि १२२ रनको लक्ष्य...

पपुवा न्युगिनीसँग नेपालको फराकिलो हार

काठमाडौं- नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल पराजित भएको छ। जितको लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल ८६ रनले पराजित भएको हो। नेपाल १६.३ ओभरमा ८५ रनमा अल आउट भयो। नेपालका लागि...

हङकङसँग नेपाल ७३ रनले पराजित

काठमाडौं- हङकङसँग नेपाल ७३ रनले पराजित भएको छ। शनिवार हङकङमा भएको मैत्रीपूर्ण खेलमा नेपालले फराकिलो पराजय भोगेको हो। टस हारेर पहिला ब्याटिङ रोजेको हङकङले नेपाललाई निर्धारित २० ओभरमा ६ विकेट...

नेपालले दियो नेदरल्याण्ड्सलाई दियो १८५ रनको टार्गेट

काठमाडौं- नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको टार्गेट दिएको छ। त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधिका लागि टस जितेर ब्याटिङ रोजेको नेपालले नेदरल्याण्ड्सका सामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना