नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन हेलिकोप्टर कम्पनीका तीन जना पाइलट निलम्बन गरेको छ।
हेलिकोप्टर कम्पनीहरू फिस्टेल, एयर डाइनास्टी र अन्नपूर्णका तीन जना पाइलटलाई प्राधिकरणले उडान गर्न रोक लगाएको हो। प्राधिकरणले तीनै कम्पनीका १-१ जना पाइलटलाई उडानमा निलम्बनमा परेका हुन्।
एयर डाइनास्टी र फिस्टेल हेलिकोप्टर कम्पनीका पाइलटले पोखराको प्याराग्लाइडिङ क्षेत्रमा हेलिकोप्टर उडाएको आरोपमा प्राधिकरणले निलम्बित गरेको हो।
लुक्ला विमानस्थलका टावरलाई सूचना नदिई हेलिकोप्टर ल्यान्ड गरेको आरोपमा अन्नपूर्णका पाइलट कारबाहीमा परेका हुन्।


