काठमाडौँ- अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ। पाण्डेलाई विमानस्थल भन्सार कार्यालयको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले जानकारी दिए।
यसअघि अरुण पोखरेल भन्सार कार्यालयका प्रमुख थिए। उनी प्रमुख रहेका बेला अवैध रूपमा आएको झन्डै एक क्विन्टल सुन तस्करी भएको खुलासा भएपछि अर्थले भन्सारका प्रमुखबाट पोखरेललाई हटाएको हो।
यो प्रकरणमा अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ। विभागले बरामद गरेको सुनसहितको ब्रेकसुलाई नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा बुझाएको छ। टक्सारले उक्त सामग्रीको तौल १५५ किलोग्राम भएको जानकारी दिएको छ। तर त्यसमा कति मात्रामा सुन छ भन्ने राष्ट्र बैंकले खुलाएको छैन।
यो प्रकरणमा हालसम्म १० जना पक्राउ परिसकेका छन्।


