काठमाडौं– जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले काठमाडौंका बूढानीलकण्ठ, जितपुर र वरपरका क्षेत्रमा पछिल्लो दुई घन्टामा ठूलो पानी परेको जनाएको छ। विष्णुमती नदीको गोंगबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको पूर्वानुमान महाशाखाले बताएको छ।
विष्णुमती, इच्छुमती, धोबीखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्ने पूर्वानुमान महाशाखाले जनाएको छ। यस क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार आज दिउँसो बागमती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले यस क्षेत्रमा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।


