काठमाडौँ- बाढी र पहिरोलगायतका प्राकृतिक विपद्मा परी असार १ देखि हालसम्म ३१ ज्नाले ज्यान गुमाएका छन्। गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बुधबारसम्ममा २४ जना बेपत्ता भएका छन्। यस्तै ३४ जना घाइते भएको विवरण मन्त्रालयले जानकारी दिएको छ।
बाढीपहिरोबाट ९५ घर पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् भने १८४ घरमा आंशिक क्षति पुगेको महाशाखाले बताएको छ।
असार पहिलो साता आएको बाढीबाट संखुवासभामा ४ जनाको मृत्यु भएको थियो भने १८ अझै बेपत्ता छन्।
यस्तै, ताप्लेजुङ र पाँचथरमा ३-३ जनाको मृत्यु भएको छ भने ३-३ जना बेपत्ता छन्।
यस वर्ष बाढीपहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने प्रक्षेपण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणले गरेको थियो।


