काठमाडौं– अवरुद्ध मुग्लिन–नारायणगढ सडक पहिरो पन्छ्याएपछि बिहानबाट सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक शुक्रबार राती १ बजे पहिरो खस्दा सडक बन्द थियो।
एक्जाभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सञ्चालन भएको सडक डिभिजन कार्यालयले चितवले जनाएको छ।पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।
पहिरोका कारण नारायणगढ मुग्लिन सडक पटक–पटक बन्द हुने गरेको छ। प्हिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौं आउने र काठमाडौंबाट गन्तव्यमा हिँडेका सवारीसानका यात्रुले सास्ती पाउँदै आएका छन्।


