काठमाडौँ– तामाङ-मगर समुदाय र संस्कृतिका विषयमा राम्रोसँग नबुझी टिप्पणी गरेको आरोपमा अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छन्।
तामाङ, मगर समुदायका संस्थाले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो। उनीविरुद्ध साउन १२ गते पक्राउ पुर्जी जारी भएको थियो।
पाण्डेलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले बताएकाे छ।
प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन्।


