२०८३ साउन १३ गते बुधबार

मधेश प्रदेशमा ५९ प्रतिशत मात्र धान रोपाइँ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १८
dhan

जनकपुर- साउनको दोस्रो सातासम्म मधेश प्रदेशमा जम्मा ५८.८१ प्रतिशत रोपाइँ भएको छ। मधेश प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार देशकै कृषि क्षेत्रका रुपमा चिनिने मधेशप्रदेशभित्र धान दिवस अर्थात् असार १५ गतेसम्म ११ प्रतिशत मात्र धान रोपाइँ भएको थियो।

समान्यतया रोपाइँ सम्पन्न भइसक्नुपर्ने समयमा आइपुग्दासमेत मधेशका आठ जिल्लामा समग्रमा लगभग ४१ प्रतिशत खेतमा रोपाइँ हुन नसकेको प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक कमलदेव कुशवाहाले जानकारी दिए।

देशको कूल ग्राहस्थ्य उत्पादनमा धानको उल्लेखनीय भूमिका रहेको छ। मधेश प्रदेशमा सबैभन्दा बढी धान नै उत्पादन हुँदै आएको थियो तर एक दशकयतादेखि उत्पादनमा कमी हुँदै आएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार देशको कूल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन मात्रै यस प्रदेशमा हुने गरेको छ।

प्रदेशका आठवटै जिल्लामा गरी कूल पाँच लाख ७४ हजार तीन सय ६० हेक्टर खेतीयोग्य जमिन रहेकामा चार लाख पाँच हजार चार सय ५० हेक्टर क्षेत्रफल धान रोपाइँयोग्य जग्गा रहेको छ। अहिलेसम्म मात्र दुई लाख ३८ हजार चार सय ४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन नसकेको प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक कुशवाहाले जानकारी दिए।

यसपाली धनुषासहित मधेश प्रदेशको जिल्लामा लामो समयदेखि वर्षा नै नभएका कारण सिँचाइका लागि निर्मित नहरमा पानी नै आएको छैन। भूमिगत सिँचाइको वैकल्पिक व्यवस्था गरिएको क्षेत्रमा जसोतसो धान रोपाइँ भए पनि नहरबाट सिँचाइ हुने क्षेत्र साउनको दोस्रो साता बिते पनि सुक्खा छ।

यस प्रदेशमा साना तथा ठूला सिँचाइका स्रोतसमेतलाई आधार मान्ने हो भने तीन लाख ५७ हजार सात सय ९३ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइको व्यवस्था रहेको कृषि निर्देशनालयले जनाएको छ। खडेरीले यसवर्ष मधेश प्रदेशमै धानखेती प्रभावित भएको छ। अधिकांश खेत सिँचाइको अभावमा बाँझै छ भने रोपाइँ भइसकेको खेत पनि सुकेर चिरा पर्न थालेको छ।

बोरिङमा विद्युतीय मोटर जडान गरी रोपाइँ भएको खेतमा पनि पर्याप्त पानी नपुगेर बाली सप्रिन नसकेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ का किसान दिपो यादवले दुःखेसो गरे। ‘पाँच बिघा धानखेती गर्ने तयारी थियो, दुई बिघामा मोटरले पानी लगाएर रोपाइँ त गरेँ, तर खेतमा पानी जमिरहन सक्ने अवस्था छैन, बाँकी दुई बिघामा कहिलेसम्म रोपाइँ गर्ने हो भन्ने ठेगानै छैन’, धनुषाको धनुषाधाम नगरपालिकाका किसान फुलगेन महतोले भने।

प्रदेश कृषि निर्देशनालयको तथ्याङ्कअनुसार मधेश प्रदेशमै सबैभन्दा बढी रोपाइँ सप्तरीमा भएको छ। सप्तरीमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ भने धनुषामा जम्मा २७ प्रतिशत रोपाइँ भएको कृषि निर्देशनालयका निमित्त निर्देशक कुशवाहाले जानकारी दिए।

कुशवाहाका अनुसार बारामा ७५, रौतहटमा ७०, महोत्तरीमा ६० र पर्सामा ५५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। सर्लाही र सिरहामा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ। धान उत्पादनको दृष्टिकोणले मधेशको सबैभन्दा बढी धान फल्ने जिल्लाको रुपमा धनुषा चिनिन्छ।

प्रदेश कृषि निर्देशनालयको रेकर्ड अनुसार सबैभन्दा बढी धनुषा र सबैभन्दा कम रौतहटमा धान उत्पादन हुने गरेको छ। धनुषामा दुई लाख ५१ हजार एक सय ८६ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेको छ। रौतहटमा एक लाख ३४ हजार सात सय ६० मेट्रिक टन, बारामा दुई लाख ४८ हजार छ सय ६३ मेट्रिक टन, पर्सामा एक लाख ९१ हजार नौ सय २५ मेट्रिक टन, सप्तरीमा एक लाख ८३ हजार आठ सय ८८ मेट्रिक टन, सर्लाहीमा एक लाख ७३ हजार छ सय १८ मेट्रिक टन, सिरहामा एक लाख ७२ हजार एक सय ७६ मेट्रिक टन र महोत्तरीमा एक लाख ३८ हजार आठ सय २९ मेट्रिक टन धान उत्पादन हुने अनुमान निर्देशनालयको छ।

प्रकाशित: २०८० साउन १८ गते बिहिबार ०४:२१
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना