काठमाडौं– सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जिपमाथि पहिरो खसेको छ। प्हिरो खस्दा जिपमा सवार तीन जना घाइते भएका भएका छन्।
बुटवल–पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्र हेडवक्र्स नजिकैको नागमन्दिर अगाडि आज बिहान लुच२८४९ नम्बरको जिपमाथि ढुंगासहितको पहिरो खस्दा चालकसहित तीन जना घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले बताएको हो।
घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। ढुंगासहितको पहिरोले जिपको अगाडि भागमा पूर्ण रूपले क्षति पुगेको प्रहरीले जनाएको छ।


