२०८३ कार्तिक १७ गते सोमबार

पदपर्यटनका लागि रोजाइमा पर्दैछ ‘नुम्बुर चिज सर्किट’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २२
numbur (2)

रामेछाप- नेपालमा अहिले बाह्य पर्यटक मात्र होइन, देश भित्रै घुम्ने पर्यटकका संख्या पनि दिनदिनै बढ्दै गएको छ। आन्तरिक पर्यटकहरू घुम्ने नयाँ गन्तव्यहरुको खोजी गरिरहेका छन्।

नयाँ ठाउँ घुम्न चाहने पर्यटकको लागि जटापोखरी र पाँचपोखरी क्षेत्र पद पर्यटनको राम्रो स्थान बन्न सक्छ। रामेछापको गोकुलगंगा तथा उमाकुण्ड गाउँपालिका क्षेत्र समेट्ने जटापोखरी क्षेत्र पछिल्लो समय नुम्बुर चिज सर्किटको नामले परिचित छ। गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा पर्ने रस्नालुदेखि गुम्देलसम्मको क्षेत्र यस सर्किटमा पर्दछ। चौँरीको चिज खाँदै नुम्बुर हिमालको फेदीसम्म पुग्न सकिने भएकोले सो पदमार्गको नाम नै नुम्बुर चिज सर्किट राखिएको हो।

यस क्षेत्रको भ्रमण पूरै पैदल गर्ने वा छोटो पदयात्रा गर्ने भन्ने कुरा घुम्न आउनेमा भर पर्दछ। रस्नालुबाट चुचुरे हुँदै देउराली निस्किएर घुम्दै जाने वा खहरेभन्दा माथिसम्म यातायात साधनमा गएर सोझै जटा पोखरी जाने भन्ने निर्णय घुम्न आउनेको समय र हिँडाइमा भर पर्दछ।

यो क्षेत्रको भ्रमणमा शीतल मनोरम प्राकृतिक दृश्यावलोकन, हिउँ, झरना, हिमताल र कुण्डहरूको रमणीय अवलोकन तथा विभिन्न जडीबुटीको अवलोकन गरी, स्वादिलो आलु, चौँरी गोठको बसाईको अनुभव पनि लिन पाइन्छ। हिउँदमा हिउँ, चैत वैशाखमा विभिन्न जातका गुराँस र वर्षामा जताततै हरियाली यस क्षेत्रको विशेषता हो।

रामेछापको सदरमुकाम मन्थलीदेखि पाँच पोखरीसम्मको यात्रा तीन दिनमा पूरा गरेर फर्कन भ्याइन्छ। गुम्देल लगायतका रामेछापकै अन्य स्थान घुम्न चाहने, लिखु खोलामा निर्माण भइरहेको विभिन्न जलविद्युत आयोजना हेर्न र दोलखाको जिरी, कालिञ्चोक लगायतका स्थानमा जान चाहनेले आफ्ना यात्रा अझ लम्ब्याउन सक्छन्।

तामाकोशी नदीको प्रमुख सहायक नदी खिम्ति खोलाको शीरमा छ जटा पोखरी। जटा पोखरीको पनि शीरमा छ पाँच पोखरी।

गोकुलगंगा गाउँपालिकाको वडा नं १ चुचुरेमा पर्ने जटापोखरी जानको लागि चुचुरेको खहरेबाट पैदल यात्रा सुरु हुन्छ। चुचुरेको देउराली हुँदा जानेले गुम्देलबाट पनि अर्को बाटो समातेर झर्न सक्छन्।

चुचुरेको खहरेबाट जाँदा भने जटापोखरी–पाँच पोखरी जाने मार्गको अन्तिम मानव वस्ती नै खहरे हो। त्यस पछि सुरु हुन्छ, ठाडो उकालो यात्रा। लेकको चिसो मौसम र मनोरम दृश्यले उकालोमा गर्मीको अनुभूति हुँदैन। लेक नचढेकोलाई भने केही असजिलो हुन्छ। ‘लेक नचढेकाले लसुन बोक्नु पर्छ, लसुनको पोटी खाँदै हिँडेपछि लेक लाग्ने डर कम हुन्छ, मकैको सातु र लसुनको पोटीले लेक लाग्न दिँदैन, अनि अकबरे खुर्सानीले चिसोमा शरीरलाई तातो बनाउँछ’, पूर्व गाउँपालिका उपाध्यक्ष समेत रहेकी चुचुरेकी राधिका श्रेष्ठले भनिन्।

चार र पाँच घण्टाको उकालो पछि मानेडाँडा पुगिन्छ। डाँडामा बनाइएका माने, खुल्ला चौर, अनि कुहिरो भित्र चरिरहेका चौँरीको दृश्य मनमोहक देखिन्छ। चौँरी गोठमा गोठालाहरूले गर्ने चौँरीको दूध, दही र मोही र दुर्खाको अतिथि सत्कार अझ बिर्सिनसक्नुको हुन्छ।

मानेडाँडाबाट दुई घण्टाको धेरै तेर्सो र केही उकालो पार गरेपछि जटापोखरी पुगिन्छ। ४ हजार २ सय ५० मिटरको उचाइमा रहेको जटापोखरी हिम ताल नै हो। यहाँ वर्षमा ६ महिना भन्दा बढी हिउँ जम्छ। चैतदेखि भदौ र असोजसम्म मात्र हिउँ पग्लन्छ। नरिवलको जटाको आकारको भएकोले यो पोखरीलाई जटा पोखरी भनिएको स्थानीयको भनाइ छ।

जटापोखरीको माथि शीरमा पाँच पोखरी पर्दछ। जटापोखरीबाट पाँच पोखरी पुग्न आधा घण्टा लाग्छ। पाँचपोखरीबाट निस्किएको पानी जटा पोखरीमा झर्छ। पाँच पोखरी ४ हजार ६ सय ५ मिटरको उचाइमा छ।

एउटै पोखरीमा बिच भागहरुमा प्राकृतिक रूपमा उठेका बाँधहरूले पोखरीलाई पाँच वटा कुण्डमा विभाजन गरेको छ। पाँच पोखरीको पनि जमिनमुनिबाटै निस्कन्छ र जटा पोखरीमा झर्छ।

पाँचपोखरी र जटापोखरी भन्दा पनि माथि जानेले उमाकुण्ड गाउँपालिकाको भूत पोखरी, बहुला पोखरी लगायतका कुण्ड भेट्छन्। सो बाटो हुँदै गुम्देल निस्किएर चुचुरेको देउराली झर्न सकिन्छ। जनै पूर्णिमाको दिन जटा पोखरीमा ठूलो मेला लाग्छ। जनैपूर्णिमाको दिन मेला भर्न रामेछाप , दोलखा, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, ओखलढुङ्गा, सोलु लगायतका विभिन्न स्थानका मानिसहरू पुग्छन्। पोखरीमा नुहाए जनै फेर्ने प्रचलन छ। धामी झाँक्रीहरू पनि आफ्नो मन्त्रमा सिद्धि प्राप्त गर्न ढ्याङ्ग्रो बजाउँदै जनपूर्णिमामा सो ठाउँमा पुग्दछन्।

पाँच पोखरी क्षेत्र जडीबुटीको भण्डार पनि हो। त्यहाँका हरेक झारपातमा औषधिको गुण छ। लोडसल्ला, सुनापाति, चिराइतो पाखनवेद, ठुलो ओखती, पाँच औँले, जटामसी, विषमार, लगायतका जडीबुटीको भण्डार सो क्षेत्रमा छ।

सो क्षेत्रमा परम्परागत रूपमा पालिँदै आएका चौँरी पालनलाई व्यवसायीक बनाउन स्थानीय सरकारले केही काम सुरु गरेका छन्। सो क्षेत्रमा परम्परागत रूपमा गरिँदै आएको चौँरी पालनलाई पकेट क्षेत्रको रूपमा विकास गरी गर्ने काम सुरु गरिएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार बताउँछन्। त्यसको लागि किसानलाई तालिम र केही अनुदान गाउँपालिकाले दिन सुरु गरेको उनले जानकारी दिए।

नुम्बुर सर्किट घुम्नको लागि त मनोरम छँदै छ, अन्य हिसाबले पनि त्यतिकै महत्त्वपूर्ण छ। जलविद्युत, जडीबुटी, आलु,चौँरी पालन लगायतको हिसाबले पनि यो क्षेत्र अति महत्वपूर्ण छ। तपाईँ पनि घुम्ने सोचमा हुनुहुन्छ भने एक पटक यो क्षेत्रको भ्रमण गर्ने कि !

प्रकाशित: २०८० साउन २२ गते सोमबार ०४:४७
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना