नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार मंगलबार बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ। ‘पहिरो पन्छाउने तयारी भइरहेको छ’ एसपी कार्कीले बताए। पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन्।
यस सडक खण्डमा पटक–पटक पहिरो खस्दै आएको छ।
– रासस
