प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरू पुनः छलफलमा बस्ने भएका छन्। शीर्ष नेताहरुको हिजोको बैठक टुंगोमा नपुगेपछि आज पनि बैठक बस्न लागेको हो।
आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बस्नेछ बताइएको छ। प्रतिनिधिसभा बैठक ३ बजे बस्नु अघि प्रमुख दल बिच सहमति जुटाउने प्रयास स्वरूप सो बैठक बोलाइएको हो। ‘हिजोको बैठक सकारात्मक भएको छ, सम्भवत आज सदन चल्छ’ काँग्रेस नेता रमेश लेखकले भने, ‘नेताहरु सदन अवरुद्ध नगर्ने कुरामा सकारात्मक हुनुहुन्छ।’


