काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भू–भाग तथा आसपास रहेको न्यून चापीय प्रणालीका कारण देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।
आज दिउँसो देशभरका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित ठूलो वर्षाको सम्भावना छ।
आज राती देशभर सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान महाशाखाको छ।
गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोसी र मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


