काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उप–सचिव र शाखाअधिकृत गरी ३८ जना कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले धेरैजसो संघीय मन्त्रालयहरुमा कार्यरत रहेका २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको हो। उनीहरु मध्ये धेरैजसोलाई मधेश प्रदेशमा पठाइएको छ।
सरुवामा विवादित बनेका दमकका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौला पनि परेका छन्। उनी पछिल्लो समय एक महिलासँग सामाजिक सञ्जालमा अश्लील हर्कत गर्दै गरेको देखिएपछि विवादित थिए।
उनी मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन्। उनको स्थानमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ।
यस्तो छ,सरुवा भएका ३८ जनाको सूची




