भक्तपुर- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डिन आर. थम्पसनले भेटवार्ता भएको छ।
ओली सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र राजदूत थम्पसबीच आज बालकोटस्थित ओली निवासमा भेट भएको हो।
भेटमा देशको समसामयिक विषय र विकासका बारेमा कुराकानी भएको बताइएको छ।
एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईको समेत सहभागिता रहेको भेटमा नेपाल र अमेरिकाबीचकोे सम्बन्धको बारेमा पनि छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ।


