काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।
अघिल्लो दिन प्रतितोला रु १ लाख ९ हजारमा कारोबार भएको सुनको मूल्य मंगलबार १ लाख ८ हजार तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय छ। यसको मूल्य अघिल्लो दिन १ लाख ८ हजार ५ सय थियो ।
चाँदीको मूल्य अघिल्लो कारोबार दिनको मूल्यका तुलनामा प्रतितोला रु ५ ले घटेर १ हजार ३५५ मा आएको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।
