काठमाडौँ- ग्रील तथा स्टिल व्यवसायी महासंघका प्रतिनिधि मण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेको छ। महासंघ टोलीले नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित पौडेललाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना समेत दिएको छ।
बधाई ज्ञापन गर्दै महासंघका अध्यक्ष मोहन कटुवालले देशको पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका ग्रील तथा स्टील व्यवसायीले १ लाख ६० हजारलाई प्रत्यक्ष रोजगारी दिएको जानकारी गराएका थिए।
राज्यलाइ अर्बौँ राजस्व बुझाउँदै आएको व्यवसायमा निराशा छाएको समेत उनले गुनासो गरेका थिए। व्यवसायीका जायज माग सम्बोधन गराउन र चर्को ब्याजदर घटाउन विशेष भूमिका खेल्न समेत व्यवसायीले आग्रह गरेका थिए।
जवाफमा राष्ट्रपति पौडेलले समस्या समाधन गराउन पहल गर्ने बताएको पौडेललाई उद्धृत गर्दै कटुवालले बताए। प्रतिनिधि मण्डलमा ३३ व्यवसायी सहभागी थिए।
