विराटनगर– नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीका नियुक्त लिएर शपथ लिएका छन्।
बिहीबार मात्र सर्वोच्च अदालतले उद्धव थापालाई पदमुक्त गर्दै ४८ घण्टाभित्र ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै कार्कीले शपथ लिएका हुन्।
प्रदेशप्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरी शुक्रबार शथप दिलाएका हुन्।
कार्कीको सिफारिसमा एमालेका तीन जना मन्त्रीले पनि शपथ लिएका छन्। तिलकुमार मेन्याङ्वो ऊर्जामन्त्री बन्दा पाँचकर्ण राई वनमन्त्री बनेका छन्। एकराज कार्की भौतिक पूर्वाधारमन्त्री बने। उनीहरूलाई प्रदेश प्रमुख खापुङले शपथ दिलाए। सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त सृजना राईलाई मुख्यमन्त्री कार्कीले शपथ दिलाए।
ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त कार्कीले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।


