२०८३ कार्तिक २० गते बिहिबार

१३ जनालाई स्वास्थ्यखबरको हेल्थ अवार्ड, प्रधानमन्त्रीले भने- एसडीजी राजनीतिक प्रतिबद्धता पनि हो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २२
health award

काठमाडौँ- यस पटकको स्वास्थ्यखबर हेल्थ अवार्ड दिगो विकास लक्ष्यमा योगदान पुर्‍याउनेहरुलाई प्रदान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यका १० वटा विधामा १३ जनालाई अवार्ड प्रदान गरेका हुन्।

स्वास्थ्य खबरपत्रिकाले स्वास्थ्य मन्त्रालयको साझेदारीमा हरेक वर्ष हेल्थ अवार्ड प्रदान गर्दै आएको छ। यस वर्षको अवार्ड ‘दिगो विकासका लक्ष्यहरुः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहेको छ।

अवार्ड पाउनेहरुमा हुम्लाकी नर्स सुस्मिता बोहरा, बर्दिया अस्पतालका डा विश्वनाथ शाह, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका हेमराज जोशी, आनन्दवन अस्पताल ललितपुरका डा महेश साह, धनसिंहपुर स्वास्थ्य चौकी टीकापुर, कैलालीका केबलसिंह सार्की, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल, नेपाल प्रहरीअन्तर्गतको आसरा सुधार केन्द्र, स्वर्गद्वारी नगरपालिका, भलुवाई स्वास्थ्य चौकी सिरहाकी अनमी जुही खातुन, जर्मनीका डा आर्ने ड्र्युज, बेलायतकी डा सेर्ली हेउड, हेल्थ इन्भाएरोमेन्ट एन्ड क्लाइमेट एक्सन फाउन्डेसनका महेश नकर्मी र ताप्लेजुङकी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका शर्मिला लिङ्देन छन्।

यसका साथै नेपाल रेडक्रस सोसाइटी, चुजी फाउन्डेसन, इलाम नगरपालिकाका मेयर केदार थापा, वालिङ नगरपालिकाका मेयर कृष्ण खाँण, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, त्रिपुरासुन्दरी नगरपालिकाका मेयर भक्तध्वज बोहरा र गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायालाई सम्मानपत्र प्रदान गरिएको छ।

कार्यक्रममा सम्मानित गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले दिगो विकास लक्ष्य (एसडीजी) राजनीतिक प्रतिबद्धता पनि भएकाले यसका अधिकांश लक्ष्य हासिल गर्ने बताए। यसका लागि तीनै तहका सरकारहरू र सरोकारवालाहरूबीचको सहकार्य अझ बढाउँदै लैजाने उनको प्रतिबद्धता थियो।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मन्तव्य
१. सर्वप्रथम स्वास्थ्यखबर हेल्थ अवार्ड २०८० मा सहभागी भएर नेपालको स्वास्थ्य प्रवर्द्धनमा योगदान दिने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, अध्येता तथा विभिन्न संघसंस्थाहरुको योगदानको कदर गर्न पाउँदा म अत्यन्तै खुसी छु। सम्मानित सवैलाई हार्दिक बधाई दिन चाहन्छु।

२. हामीले निर्धारण गरेका ‘दिगो विकासका लक्ष्यहरू’ प्राप्त गर्न नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने राष्ट्रिय तथा अन्तराष्ट्रिय तहका सवैप्रति आभार प्रकट गर्दछु। दीगो विकासका परिमाणात्मक लक्ष्यहरू प्राप्त गर्न सान्दर्भिक, नविन र उदाहरणीय कार्य, दुर्गम भेगमा कार्यसम्पादन, सीमान्तकृत वर्ग तथा समुदायको प्रतिनिधित्व गर्ने स्वास्थ्यकर्मी तथा पैरवी गरेका कारण तपाईंहरु अवार्ड तथा सम्मानको हकदार हुनुभएको छ।

३. दिगो विकास लक्ष्य (एसडीजी) हाम्रो राजनीतिक प्रतिवद्धता पनि हो। लक्ष्यमा पुग्न अझै ७ वर्ष बाँकी छ। दीगो विकासका १७ लक्ष्यहरू मध्ये ‘राम्रो स्वास्थ्य, समृद्ध जीवनस्तर’सँग सम्बन्धित छ। जसले ‘सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवनस्तर प्रवर्द्धन गर्ने’ उद्देश्य राखेको छ। जहाँ मानसिक स्वास्थ्यको प्रवर्द्धन गर्ने, नसर्ने रोगहरूबाट हुने मृत्युदरलाई एक तिहाईले कम गर्ने र लागुपदार्थ दुव्र्यसनीको रोकथाम, उपचार र पुनस्र्थापना गर्ने लक्ष्य राखिएको छ।

४. यसबीचमा हामीले स्वास्थ्यमा केही उपलब्धीहरु हासिल गरेका छौं। तथ्यांकगत रुपमा हेर्दा सुरक्षित रुपमा स्वास्थ्य संस्थामा प्रसूति गराउनेको संख्या सन् २००१ को सर्भेमा जम्मा ९ प्रतिशतको अवस्थाबाट २०२२ मा ७९ प्रतिशत छ। जुन सन् २०२५ को लक्ष्य थियो हामीले २०२२ मै पुरा गर्न सकेका छौ। सन् २०३० मा यो ७९ प्रतिशतलाई ९० पुर्‍याउने लक्ष्य छ, हामीलाई लाग्छ हामी सकेसम्म त्यो भन्दा माथि जान्छौं र ९० प्रतिशत त जसरी पनि पुरा गर्न सकिन्छ भन्ने नै लागेको छ।

५. बाल स्वास्थ्यमा पनि सुधार भएको देखिएको छ, बिशेष गरी पाँच वर्ष मुनिका बाल बलिकाको मृत्युदर सन् १९९६ को सर्भेमा प्रति हजार जीवित जन्मदा ११८ मृत्यु हुने गरेकोमा अहिले प्रति हजार जीवित जन्मदा ३३ जनाको मृत्यु हुने अवस्था पुगेको देखिन्छ। हामीले कायम गरेको सन् २०३० को लक्ष्य चाही प्रति हजार जीवित जन्मदा २० भन्दा कमको मृत्यु हुने अवस्थामा पुर्‍याउने हो। त्यसरी नै २८ दिन भित्रका नवजात शिशु र जन्मेको १ वर्ष भित्रका शिशुको मृत्यु दर तुलनात्मक रुपमा अझै कम भइसकेको छैन र थप मेहनतको आबश्यकता छ। बालबालिकाहरुले तोकिए बमोजिमका सबै खोप समयमै प्राप्त गरुन भन्नेमा हामी सचेत छौँ। यसैगरी दिगो विकासको लक्ष्यमा समेटिएको एचआइभी एड्स घटाउने विषय लक्ष्य पुरा गर्न सकिने अवस्थामा नै छ। क्षयरोगको महामारी अन्त्य गर्ने कुरामा हामीले केही थप मेहनत गर्नुपर्ने देखिएको छ।

६. नेपालमा जनयुद्ध, जनआन्दोलनसहितका विभिन्न आन्दोलनका बलमा राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको कुरालाई हामीले स्मरण गर्नुपर्दछ। राजतन्त्र अन्त्यसँगै हामीले संविधानसभावाट जारी गरेको संविधानमा स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारका रुपमा परिभाषित गरिएको छ। यो व्यवस्थाले जनताको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्ने मौका मिलेको छ। देश संघीयतामा प्रवेश गरेपछि तीन तहको सरकार छन्। तीन तहको सरकारहरूको कार्यविभाजनमा स्वास्थ्यको पनि कार्यविभाजन भएको छ। साथै श्रोत ब्यबस्थापनको आवश्यकतालाई सम्बोधन गर्न राष्ट्रिय स्वास्थ्य बित्त रणनीति पनि नेपाल सरकारले जारी गरिसकेको छ, यी रणनीतिहरुको इमान्दार कार्यान्वयन अबको प्राथमिकतामा पर्नेछ। त्यसले स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउँदै लैजाने हाम्रो विश्वास छ।

७. नेपालमा संघीयता अवलम्बन गर्नुभन्दा अगाडि जिल्लामा आधारित स्वास्थ्य प्रणाली थियो। संघीयतापछि स्वास्थ्य सेवाको प्रणाली नै परिवर्तन भएको छ। संघीय सरकार, सात वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छांै, साथै तीनै तहको सरकारको जिम्मेबारीमा रहेको स्वास्थ्यलाई प्राथमिकताका साथ समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तको असल अबलम्बन गरि यो क्षेत्रलाई अगाडी बढाउन हामी लागि परेकै छांै।

८. औषधी उपकरण, जनशक्ति लगायतको व्यवस्थापन गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको एकदमै नजिकको समन्वय, सूचनाको आदानप्रदान र क्षमता विकासका कार्यहरू हुन जरुरी देखिएको छ। सबै तहका सरकारको आ–आफ्नो क्षमता र अधिकार छ। तर स्थानीय सरकारलाई आवश्यक पर्ने सहयोग संघीय र प्रदेश सरकारले गरेरै अगाडि बढ्नुपर्ने देखिन्छ।

११. नीतिगत र कानुनी रुपमा प्रष्ट भए पनि कार्यान्वयनका चरणमा भने समस्याहरू देखिएका छन्। दिगो विकास लक्ष्य सुरु हुने समयमा हामीले विनासकारी भूकम्पको सामना गर्नुपर्‍यो। भूकम्पका कारण जनधनको क्षति र स्वास्थ्यका उपलब्धि र सूचकहरूमा केही प्रभाव पर्‍यो। हामीले फेरि संरचनाहरू बनाउने काम द्रूत गतिमा थाल्यौं र पुर्ननिर्माण नहुँदासम्म वैकल्पिक ठाउँबाट सेवा प्रवाह गर्‍यौं र प्राप्त उपलब्धि गुम्न दिएनौं। यसैगरी विश्वव्यापी कोभिड महामारीको गम्भीर असरका कारण स्वास्थ्य क्षेत्रमा ठूलो प्रभाव गर्‍यो। संकटका बेला नियमित आधारभूत स्वास्थ्यलाई निरन्तरता दिनुपर्ने र महामारीलाई पनि सम्बोधन गर्नुपर्ने अवस्थामा स्वास्थ्य प्रणाली पुग्यो। अहिले हामी त्यो महामारीवाट पनि बाहिर निस्किन सफल भएका छौं।

१२. आधारभूत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने व्यवस्था हामीले संविधानबाटै गरिसकेका छौं र हाम्रा प्रयासहरु यो व्यवस्थाको कार्यान्वयनमा छ। दिगो विकास लक्ष्य प्राप्तिका लागि स्वास्थ्यमा जनशक्ति बढाउँदै लैजानुपर्ने तथा भएको जनशक्तिलाई पलायन हुन नदिन सरकारले विशेष पहल गर्नेछ। साथै मुटु, क्यान्सर, मधुमेह तथा नसर्ने रोगहरुको मृत्युदरको अवस्था पनि बढ्दो क्रममा रहेकाले दिगो विकास लक्ष्य अनुसार मृत्युदर घटाउन हामीले मेहनत भने गर्नुपर्ने देखिन्छ। नसर्ने रोगलाई सम्बोधन गर्ने आवश्यक स्वास्थ्यका पूर्वाधार, मानव संसाधन र उपकरणको विकास र विस्तार आदिमा हामीले निरन्तर काम गरिरहेका छौं। सुर्तिजन्य पदार्थ, मादक पदार्थ नियन्त्रण तथा शारीरिक व्यायामका कुरा, खानापानको कुरामा अहिले विशेष कार्यक्रम गर्न सकिएन भने नसर्ने रोगको चूनौती झन् बढ्दै जाने हामीले बुझेका छौं। त्यसैले स्वास्थ्यमा सरकारको प्राथमिकता बढाउँदै लगिएको हो।

१५. दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि सुशासन मुख्य कुरा हो। त्यसका लागि सरकारले काम गरिरहेको यहाँहरुले देखिरहनुभएकै छ। स्वास्थ्य क्षेत्रमा भएका कमिकमजोरीलाई सुधार गर्न कमजोरी पत्ता लगाउन, राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व र प्राविधिक नेतृत्व मिलेर काम गरेमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिन्छ।

अन्त्यमा, स्वास्थ्य सेवाको समग्र गुणस्तर, सुशासन, औषधीको उपलब्धतादेखि जनशक्तिको उपलब्धता जस्ता विषयमा ध्यान दिएर सरकार बढीभन्दा बढी जनतालाई लाभान्वित गरी सरकारी सेवालाई विश्वासिलो बनाउन अघि बढिरहेका छौं। यसमा सम्बन्धित सबैको सहयोग आवश्यक छ।

प्रकाशित: २०८० भदौ २२ गते शुक्रबार ०९:२१
प्रतिक्रिया

थप समाचार

एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने

काठमाडौँ: अमेरिका, युक्रेन र रुसबीच एक साताभित्र कार्यदलस्तरमा त्रिपक्षीय वार्ता हुने भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ...

रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ

रौतहट: रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित प्रहरीले एक भारतीय नागरिक र एक स्थानीय व्यवसायीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाई...

शरद ऋतुमा हिमाल चढ्न १ हजार ४९३ आरोहीले लिए अनुमति, ३२ करोड ३७ लाख रोयल्टी संकलन

अनुमति लिने आरोहीहरूमा ३५६ जना महिला र १,१३७ जना पुरुष रहेका छन्।

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना