काठमाडौँ- राजकीय सम्मानका साथ संविधान सभाका अध्यक्ष सुवास नेम्बाङको अन्त्येष्टि गरिएको छ। पशुपति आर्यघाटमा नेम्वाङलाई उनका छोराहरुले दागबत्ती दिएका छन्।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा ओढाएका थिए।
स्व.नेम्वाङको अन्तेष्टिमा प्रधानमन्त्री दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मा, विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, ठूलो सङ्ख्यामा पार्टीका नेताकार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिति छ।













