काठमाडौँ– राहदानी विभागले अब ३४ पेजको राहदानी दिने भएको छ।
यसअघि ६६ पेजको राहदानीका लागि मात्र आवेदन दिन सकिने व्यवस्था रहेकोमा त्यसलाई परिमार्जन गरिएको परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले जानकारी दिएको छ।
असोज १ गतेदेखि ३४ पृष्ठको राहदानीको लागि आवेदन लिन सुरु गरिएको विभागको भनाइ छ।
यसको लागि प्रि–इनरोलमेन्ट गर्ने सेवाग्राहीहरुले ३४ पृष्ठ छनोट गरी आवेदन दिनुपर्नेछ।



